गायक शिव परियारको स्वरमा नयाँ गजल ‘तिमीसँग भेट्ने’ सार्वजनिक भएको छ । शीतल कादम्बिनीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गजलले प्रेममा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।
गजल-गीतलाई आमोद तामाङले एरेन्ज गरेका हुन् । शीतल र शिवको सहकार्य रहेका कहाँ थियौ तिमी रंगमञ्च, धेरै चोटि मरे म त लगायत गीत-गजल लोकप्रिय छन् । लिरिकल भिडियो सहितको गजल ‘शीतल कादम्बिनी’ युट्युब चयानलमा रिलिज गरिएको छ ।