झापा । हालसालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई)को नतिजामा कचनकवल-६ मा अवस्थित विद्या निकेतन सेकेन्डरी स्कूल कचनकवल गाउँपालिका मात्र नभई झापा जिल्लाको दक्षिणी क्षेत्रकै उत्कृष्ट भएको छ ।
परीक्षामा सम्मिलित ३७ जना विद्यार्थीहरु मध्ये उक्त विद्यालयकी विद्यार्थी स्वेक्षा भट्टराईले ३.७८ जीपिए सहित दक्षिण क्षेत्र टप गरेकी हुन् । त्यस्तै, प्रसान्त चौहानले ३.७० जीपिए, उत्सव ओझाले ३.६६ जीपिए सहित ३.२ भन्दा माथि जीपिए हाँसिल गर्ने ८ जना, २.८ भन्दा माथि जीपिए हाँसिल गर्ने ९ जना,२.४ भन्दा माथि जीपिए हाँसिल गर्ने १० जना साथै अन्य विद्यार्थीहरु पनि राम्रो जीपिए सहित उत्तीर्ण भएका छन् ।
कचनकवलकै अब्बल शिक्षण संस्थाका रुपमा अग्रसर रहेको विद्या निकेतन सेकेन्डरी स्कुलले भौतिक पूर्वाधार, शिक्षण पद्दति पनि सोहि अनुसारको अवलम्वन गर्दै आएको छ । विद्यालयका प्रिन्सिपल गोविन्द राजवंशीले शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास, विभिन्न क्षेत्रसँगको सहकार्यको नतिजा यस वर्षको रिजल्ट रहेको बताए । उनले भने, ' गत वर्ष पनि 3.85 GPA सहित दक्षिण क्षेत्र टप गरेको थियो, यस वर्ष पनि सन्तोषजनक नै छ र आगामी वर्ष क्रमशः थप राम्रो बन्दै जान्छ, यस्तो नतिजा शैक्षिक मात्र नभई सबै क्षेत्रमा आउँछ, आउनुपर्छ ।'
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न विषय विज्ञहरुद्वारा विभिन्न कृयाकलापमा सहभागी गराउँदै आएको विद्या निकेतनले शैक्षिक गुणस्तरका लागि पनि नवीन शिक्षण पद्धति अवलम्बन गर्दै आएको छ।
'हामीले देखेको सपना र गरेको लगानीलाई अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीले गरेको मेहनतको प्रतिफल रहेको उक्त विद्यालयका एकेडेमिक को-अर्डिनेटर प्रदिप थापाले भने, 'सबै क्षेत्रमा उत्कृष्टता हाँसिल गर्दै यस विद्या निकेतन सेकेन्डरी स्कूल कचनकवलकै उत्कृष्ट शिक्षा प्रदान गर्ने संस्थाको रुपमा स्थापित हुने लक्ष्य लिएको छ ।'