झापा–झापाको कचनकवल गाउँपालिका ४ बस्ने तुलाराम शाहको १६ बर्षीय छोरा विशाल कुमार शाहको करेन्टलागेर मृत्यु भएको छ ।

बुधभार राती पौने ९ बजेको समयमा घरको भान्सामा नाङगो तारमा अचानक करेन्ट लागेर घाईतेभएका उनलाई तल्काल उपचारको लागी प्राथमिक उपचार केन्द्र बनियानी तर्फ लैजादैगर्दा रातको १० बजे उनको बाटोमै मृत्यु भएकोले इलाका प्रहरी कार्यालय बनियानीको टोलीले लासलाई रुगेर बसेको छ।

जिल्ला प्रहरी कार्यालय झापाको टोली सर्जमिनका लागि आएपछि पोस्टमार्टमका लागि आवश्यक कानुनी प्रकृया पुर्याएर पठाइने जनाएको छ ।