झापा । फागुन २७ दिउँसो ४: ४५ बजेको समयमा हल्दिबारी ४ काजली चोक र मँगलवारे बीचको काठमिल स्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे ८ प ८१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १० प ६५१५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका थिए । 

दुर्घटनामा मे १० प ६५१५ नम्बरको मोटरसाइकल चालक कचनकवल- १ बस्ने १९ वर्षीय सुजन तामाङको टाउको ,अनुहार र दाहिने खुट्टामा चोट लागेको थियोे । उनको अवस्था अहिले मध्यम रहेको छ । सोही मोटरसाइकलको पछाडि सवार गौरादह- १ बस्ने १८ वर्षीय पुकार कटुवालको दाहिने हातमा चोट लागेको थियोे। उनको अवस्था सामान्य रहेकोले डिस्चार्ज गरि सकिएको छ ।

त्यस्तै मे ८ प ८१२ नम्बरको मोटरसाइकल चालक कचनकवल- ३ बस्ने २२ वर्षीय रोशन खतिवडाको टाउकोमा लागेको गम्भीर चोटकै अस्पताल पुर्याउनसाथ सघन कक्षमा राखेर उपचार गरेपनि टाउकोमा लागेको चोटकै कारण हिजै बेलुकी मृत्युु भईसकेको भएपनि अस्पतालले आजमात्र मृत्यु भएको घोषणा गर्ने भएकाले शबलाई पोस्टमार्टमका लागि लगिने पारिवारिक स्रोतले जनाएको छ। 

सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने २१ वर्षीय शिवुलाल कार्कीको समेत टाउकोमा गम्भीर चोट लागेको छ । उनको समेत अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते सबै जनालाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको र दुवै मोटरसाइकल प्रहरी चौकी जलथलको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको थियोे।