एस.पि.रेग्मी । अहिले सामाजिक संजालमा भर्खरै राष्ट्रियसभा अध्यक्ष नियुक्तिको बिषयमा नेकपा माओवादी केन्द्र भित्र परिवारबादको आरोपमा कार्यकर्ताको आक्रोश छताछुल्ल पोखियो। कार्यकर्ताको आक्रोशमा स्पष्ट देख्न सकिन्छ हालका प्रधानमन्त्री प्रचण्ड प्रतिको सिधा प्रहार।
गम्भीर रुपले हेर्दा यो सामान्य देखिए पनि यहाँ भित्र थुप्रै रहस्य ,शँका ,घुसपैठ र आक्रोश मिश्रण भएको देखिन्छ। स्वभावतः यो आक्रोशले फाइदा बेफाइदा त पुर्याउने नै भयो।जब नैतिक धरातल खाली हुन्छ त्यहाँ प्रतिपक्षी समूहले त टेक्ने नै भयो।अर्काेतिर आन्तरिक पार्टी कमिटी भित्र पनि नैराश्यता ,आक्रोश र खबरदारी स्वभावतः हुने नै भयो।
हुन पनि अहिलेको घटनाक्रम एउटा उदाहरण बन्यो तर बिगतलाई फर्किने हो भने केन्द्र देखि स्थानीय तह सम्म के यो र यस्ता घटना थिएनन त ? के आज मात्र यसरी पोखियो त आक्रोश ? पक्कै पनि होइन। हिजो पनि माओवादी केन्द्र भित्र टिके प्रथा चलेकै थियो।साम दाम र बर्गियता लाई हेरेर वा कसैको नजिक भएकै भरमा असली कार्यकर्तालाई बाइपास गरेर ओभरटेक गर्दै शक्ति आर्जन गर्ने अस्वस्थ खेल भएकै थियो। यस्ता अस्वस्थ खेलमा कयौँ घाइते भए कैयौँले पार्टी परित्याग सम्म गरे।
किन यस्तो हुन्छ वा देखिन्छ कारण पत्ता लगाई निराकरण गर्नु नेतृत्वको कार्य र चुनौती दुवै हो। जब एउटा चालकले ट्राफिक रुल लाई बाइपास गर्दै सवारी चलाउछ भने उ दुर्घटना को भागेदार भित्र पर्दछ। त्यसरी नै एउटा पार्टी नेतृत्वले विधि बिधानको रुल मिचेर पार्टी चलाउँछ भने त्यहाँ एक्सिडेन्ट् अवश्य हुन्छ जुन भयो।
हिजो त्याग,संघर्ष नारायण दाहालले पनि गरेकै हुन।यसो भन्दै गर्दा के सङ्गठन भित्र अरुको त्याग थिएन ? प्रश्न जन्मन सक्छ जन्मियो। भएकै यहि हो। लेखकले कलम चलाई रहँदा क.नारायण दाहालले पाउनु हुदैनथ्यो अर्थ नलागोस।उहाँले पनि पाउनु पर्छ।तर प्राप्तिको पनि निश्चितै रुपमा दायरा,सिमान्कन,विधि विधान त होलानी होइन र ?
रेणु दाहाल ,जीवन आचार्य ,बिना मगर वा अन्य जो कोहिले सार्वजनिक पद धारण गर्नै हुदैन वा पुष्पकमल दाहाल नजिक या नातेदार भएकै कारण पाउनुहुँदैन भन्ने सवाल पनि विधि बिधान सम्बत होइन/पाउनु पर्छ। तर विधानमा टेकेर लिएका/भएका नियुक्ति हरु जो कोहि हुँदा फरक पर्दैन।त्यो परिवारबाद होइन। तर जब त्याग संघर्ष गरिरहेको एउटा कार्यकर्तालाई पछिबाट आउने अर्को कार्यकर्ताले अनेकौं तिकडतम लगाउँदै ओभरटेक गर्दछ भने एक्सिडेन्ट् सभावत हुन्छ नै अत हामी विधान रुल फलो गरेर ड्राइभ गरौँ यस्ता एक्सिडेन्ट्को सामना गर्नै पर्दैन।(लेखक पुर्व जनमुक्ति सेना हुनुन्छ)