मलेसियाको जोहोर राज्यमा पर्ने गेलाङ पटाह ,जोहोरबारु भन्ने ठाउँमा अवस्थित पीटिपि ( Port of Tanjung Pelepas sdn. bhd. ) कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले झुन्डिएर आत्महत्या गरेकाछन्।

झापा कचनकवल-६ ,बनियानी (कुजिमारी) स्थायी घर भएका लखन राजवँशी यहीँ मार्च ३० तारिख शनिवारको दिन कोठामै झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको संगै काम गर्ने मृतकको साथी अर्का एक नेपाली कामदारले नेपालमा रहेका आफन्तलाई बताएको खबर छ।

मृतकको पारिवारिक स्रोतले बताए अनुसार आत्महत्या गरेका लखन मलेसिया रोजगारीमा गएको झण्डै ७ बर्ष भएको थियो।लखनको नेपालमा श्रीमती र १० बर्षीय छोरा कक्षा ४ मा स्थानीय सँस्थागत विद्यालयमा पढ्दै आएकाछन्।घर परिवारमा निरन्तर सम्पर्कमै रहेका लखनले फेसबुकमा स्टाटस फोटो भिडियो सार्वजनिक गर्दै अलविदा लेखेर पोस्ट गरेपछि आफन्त र साथीभाइले प्रतिक्रिया जनाएको पाईन्छ।

लखनले फेसबुकमा सार्वजनिक गरेको फोटो भिडियो स्टाटसले आफन्त र साथीभाइ आश्चर्यचकित मात्रै होइन घटना गम्भीर भएकोले सम्भवत आत्महत्या गर्न दुरुत्साहन भएको हुनसक्ने सजिलै अनुमान लगाउन सकिन्छ ।

आत्महत्या गर्नुअघि मृतकको फेसबुक पोस्ट :
Screenshot_2024-03-31-19-56-00-677_com.miui.gallery-editमलेसियामा नेपाली रोजगारमा जाने श्रमिकको राम्रो रोजाईको उक्त कम्पनीमा लामो समय काम गरेपनि घरमा पैसा नपठाई आफन्त नातापर्ने महिलालाई कमाएको पैसा दिएको र अन्तिममा धोका पाएकाले डिप्रेसनको शिकार भएर आत्महत्याको बाटो रोजेको हुन सक्ने आशँका गरिएपनि प्रहरी  अनुसन्धानको अलग्गै पाटो रहेकाले घटनाको वास्तविकता अवश्य आउने नै छ।

४१ वर्षीय मृतक लखनको घरमा दाजुभाउजु र आफन्त रहेकाछन्। मृतकको शवलाई आवश्यक कानुनी प्रकृयाका लागि स्थानीय सरकारका प्रमुख र प्रदेशसभाका प्रतिनिधिले मलेसिया स्थित नेपाली दूतावास समक्ष सम्पर्क गरी सम्बन्धित कम्पनीको सहयोग समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी चाडैं अन्तिम दाह संस्कारको लागी मृत शवलाई नेपाल पठाइदिन आग्रह गरिएको छ।