झापा ।एशियन लाइफ इन्स्योरेन्स बनियानी शाखाले ५ लाख रुपैया बराबरको चेक बीमित र प्रस्तावक आमा नन्द कुमारी पराजुलीलाई हस्तान्तरण गरेको छ। 

बनियानी शाखाले उपचार खर्च बापतको चेक कचनकवल-६ कि पराजुलीलाई घरमै गएर बीमा कम्पनीका प्रदेश-१ प्रमुख रितु प्रधान ,बनियानी शाखा प्रमुख मेघ लिम्बू ,अभिकर्ताहरु र स्थानीयको उपस्थितिमा पराजुलीलाई ५ लाखको चेक हस्तान्तरण गरेको हो ।

 पराजुलीले ३ वर्ष अगाडि एशियन लाइफ इन्स्योरेन्सको लोकप्रिय बालबालिका बीमा योजना बाल-भबिष्य प्लस २० वर्षको योजना साथमा CI rider सहित लिनु भएको थियो।पराजुलीले आफ्नो कान्छो छोरा बिमीत सुमन ढकालको नाममा बीमा गर्नु भएको थियो। बीमा योजनामा प्रस्तावकको रूपमा रहँदा पराजुलीले CI rider सुबिधा बापत उक्त रकम पाउनु भएको हो।बालबालिको बीमा गर्दा एउटै रकममा बच्चा र प्रस्तावकको बीमा हुने गर्छ र प्रस्तावकको हकमा प्रस्तावक अशक्त /अपांग,भबितव्य भएमा बाँकि बीमा शुल्क छुट र बच्चालाई बिमाङ्कको १ प्रतिशत मासिक रुपले कम्पनीले  उपलब्ध गराउने गराउँ छ।घातक रोग लागेमा बिमाङ्क बराबरको उपचार खर्च प्रस्तावकलाई प्रदान गर्ने गरिन्छ र सेवासुबिधा अनुसार बिमीत सुमन ढकालले रु ५ लाख उपचार खर्च पाउनु भएको हो।