जीवन विज्ञान एक अत्याधुनिक आध्यात्मिक प्रयोगशाला हो, जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरुलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमद्वारा सरल एवं सहज ढङ्गबाट जीवनमा उतार्न सिकाइन्छ ।

• जन्मसँगै हरेक व्यक्तिले ऊर्जाको स्रोत चक्रको रुपमा आफ्नो साथमा लिएर आएको हुन्छ ।

• मेरुदण्डको तल्लो भागबाट शिरको माथिल्लो भागसम्म रहेका सातओटा प्रमुख ऊर्जाका केन्द्र नै चक्रहरु हुन् ।

• योगक्रिया एवं ऊर्जाध्यानको माध्यमबाट चित्त शुद्ध गरी सूक्ष्म शरीरमा भएका चक्रहरुको जागरण गर्न सकिन्छ ।

• आफूभित्र रहेको ऊर्जालाई चक्र साधनाको माध्यमबाट सक्रिय गर्दै, प्राप्त ऊर्जा आफ्नो इच्छा अनुरुप प्रयोग गरी जीवनमा सुख, शान्ति र समृद्धि हासिल गर्न सकिन्छ ।

• हरेक व्यक्तिको स्वास्थ्य, सुख, साहस, प्रेम, ज्ञान, ध्यान र आनन्दको ऊर्जालाई चक्रले प्रवाहित गरेको हुन्छ ।

• यदि चक्रहरु निष्क्रिय र दुर्बल भएमा व्यक्ति दु:ख, रोग, तनाव, चिन्ता, निराशा, डर, अशान्ति, कठोरता एवं नकारात्मकताको शिकार हुन्छ ।

यी चक्रहरु जति सक्रिय र सबल हुन्छन् त्यति बराबर मात्र मानिस सक्रिय र सबल हुने भएकाले यसलाई जगाउने वा सक्रिय गराउँने सात दिनको अत्यन्त वैज्ञानिक र प्रयोगात्मक ध्यानको प्रणालीलाई चक्र विज्ञान भनिन्छ ।

Screenshot_2024-04-02-16-06-35-641_com.miui.gallery-editचक्र विज्ञानमा सहभागी हुँदा व्यक्तिमा के रुपान्तरण आउँछ ?

• आफ्नै प्रयासले शरीर स्वस्थ, सक्रिय र ऊर्जावान भएको महसूस हुन्छ ।

• मनमा प्रसन्नता र सकारात्मकता बढ्नाले तनाव न्यून भई उच्चतम खुशीको अनुभव हुन्छ ।

• आत्मविश्वास आँट, जोश, जाँगर बढ्न गई व्यक्ति साहसी र पुरुषार्थी बन्छ ।

• दया, प्रेम र करुणाको भाव वृद्धिसँगै अरुप्रति सम्मान र सहकार्य गर्ने क्षमताको विकास हुन्छ ।

• स्मरण शक्तिमा वृद्धि, सोचमा सकारात्मकता, बोलीमा माधुर्यता, सिर्जनशीलता र प्रज्ञा बढ्छ ।

• बोली र व्यवहारमा एकरुपता, संकल्प र निर्णय शक्तिको विकास एवं लक्ष्यमा स्पष्टता आउँछ ।

• विवेकको जागरण, परमशान्ति र आनन्दको अभ्युदय हुन्छ ।

Screenshot_2024-04-02-18-52-26-515_com.facebook.katana-editचक्रको प्रकार र प्रभाव :

१ . मूलाधार चक्र

निष्क्रिय भएमा: रोगले सताउनु, काम गर्न मन नहुनु; निश्क्रियता र आलस्य बढ्नु।

सक्रिय भएमा : शरीर स्वस्थ हुनु, कार्यहरु सफल हुनु, स्फूर्ति र जाँगरिलो अनुभव गर्नु।

२ . स्वाधिष्ठान चक्र

निष्क्रिय भएमा: सुख अनुभव गर्न नसक्नु, मनमा तनाव र चिन्ता बढ्नु, जीवन पट्‍यारलाग्दो हुनु , निराशाबादी बन्‍नु ।

सक्रिय भएमा : हरेक क्षण खुसी लाग्नु, जीवन उत्सवमय हुनु, आशावादी र सकारात्मक बन्‍नु।

३ . मणिपुर चक्र

निष्क्रिय भएमा: डर लाग्नु, आफूप्रति भरोसा घट्नु, जोखिम लिन नसक्नु, हीनताबोध गर्नु, स्पष्ट लक्ष्य नहुनु ।

सक्रिय भएमा : कार्य क्षमतामा विकास, आँट, साहस र जोशको अनुभव, आत्मविश्वासले भरिनु र स्पष्ट लक्ष्यको बोध हुनु ।

४ . अनाहद चक्र

निष्क्रिय भएमा: सम्बन्ध बिग्रनु, अरुको अपमान गर्नु ।, प्रेमको अभाव; सहकार्य नहुनु, क्रोध, घृणा र रिस बढ्नु;

सक्रिय भएमा : सम्बन्ध राम्रो हुनु, मिलेर काम गर्न सक्नु, दया र करुणा जाग्नु, प्रेम र सम्मान गर्नु

५ . विशुद्धि चक्र

निष्क्रिय भएमा: नकारात्मक विचार आईरहनु ।, बिर्सने बानी, कठोर बोली, पढ्न र सिक्न मन नलाग्नु,

सक्रिय भएमा : मिठो बोली, स्मरण क्षमता बढ्नु, नयाँ कुरा सिक्न खोज्नु, सकारात्मक विचार आउनु, शृजनशील हुनु ।

६ . आज्ञा चक्र

निष्क्रिय भएमा: संकल्पहीन ।, बोली र व्यवहारमा फरक, अस्पष्‍ट सोच, काम अधुरै छोड्ने बानी,

सक्रिय भएमा : तत्काल निर्णय लिन सक्नु, जे बोल्छ त्यो गर्नु, काम थालेपछि पूरा गरिछाड्नु ।

७ . सहस्रार चक्र

निष्क्रिय भएमा: आनन्दको अभाव ।, अशान्ति र चंचलता बढ्नु, विवेक हराउनु, स्वार्थीपनमा लिप्‍त हुनु,

सक्रिय भएमा : शान्ति र शीतलताको अनुभव, अरुको हितमा रमाउनु, विवेकी र आनन्दमय जीवन ।

कार्यक्रममा आफ्नो क्षमताको विकास गर्न चाहने उद्योगी, व्यवसायी, व्यापारी, निजी क्षेत्रका कर्मचारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, व्यवस्थापक, राजनीतिकर्मी, नेता, पत्रकार, सहकारी अभियान्ता, गृहिणी, विद्यार्थी, शिक्षक, अभिभावक तथा आस्तिक, नास्तिक, योगध्यान एवं अध्यात्ममा रुचि राख्ने सबै धर्म र सम्प्रदायका व्यक्तिहरु सहभागी हुन सक्नेछन् ।@जीवन विज्ञान