कचनकवल गाउँपालिका वडा नं. ३ (झापा) अन्तर्गत बगान बजार निवासी श्री सन्तोष कर्मकारकी प्रिय छोरी वर्ष ६ की सावनी कर्मकारको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। उनलाई अहिले निमोनिया रोगका कारण बिराटनगरस्थित नोबेल अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।

सावनीको उपचार खर्च निकै बढिरहेको र परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले उपचारमा कठिनाई आइरहेको छ। यसै सन्दर्भमा, स्थानीय बासिन्दा तथा बजार व्यवस्थापन समिति बगान पुरानो बजार, झापाको तर्फबाट सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, समाजसेवी, व्यापारी वर्ग, अभियन्ता तथा देश-विदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बिनम्र अनुरोध गरिएको छ।

सावनीलाई आफ्नै छोरी-चेली सम्झी सके जति आर्थिक सहयोग गरिदिनुहोस्।

हजुरहरूको सानो सहयोगले एक परिवारमा आशा र जीवनको नयाँ उज्यालो ल्याउन सक्छ।कृपया सहयोग रकम पठाएपछि सहयोग रकमको Screenshot पठाइदिन अनुरोध गरिएको छ।

सम्पर्क : बजार व्यवस्थापन समिति, बगान पुरानो बजार, झापा

मोबाइल नं.: 9816942948

“सानो सहयोग, ठूलो योगदान - तपाईंको साथले सावनीको जीवन बचाउन सकिन्छ।”

सहयोगका लागि :

Screenshot_2025-10-14-22-23-25-769_com.miui.gallery-editScreenshot_2025-10-14-22-24-10-363_com.facebook.katana-edit