कचनकवल । २०७३ मंसिर १७ गते निलगिरी महावीर जेभीले ३० महिनाभित्र सम्पन्न गर्ने शर्तमा ४ करोड १२ लाख २९ हजार २ सय ६५ रुपैयाँमा निर्माणको जिम्मा लिएको पाठामारीघाट मल्टी सस्पेन्सन पुल अन्ततः ९ वर्ष ९ महिना १४ दिनपछि सञ्चालनमा आएको थियोे।

२०८२ भदौ ३१ गते वडाध्यक्ष नुर आलमले औपचारिक रूपमा सञ्चालनमा ल्याइएको यस पुलले स्थानीय बासिन्दा र व्यापारीहरूलाई लामो प्रतीक्षापछि सशक्त यातायातको सुविधा दिएको छ। यद्यपि पुल सञ्चालनमा आए पनि दुईपाङ्ग्रे सवारीसाधन आवतजावतका लागि आवश्यक सडक संरचना निर्माण हुन बाँकी रहेको थियोे।Screenshot_2025-10-15-14-00-45-206_com.miui.gallery-edit

दशगजा क्षेत्र नजिक पर्ने पुलको दुवै तर्फको बाटो निर्माण कार्य भारत र नेपालबीचको संवेदनशील सीमाक्षेत्रमा पर्न जाने भएकाले यस विषयमा दुवै देशका सुरक्षा निकायबीच आज छलफल भएको छ। छलफलमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरू उपस्थित थिए।

उपस्थित सबै पक्षबीच पुलको पूर्वी भागमा समेत बाटो निर्माण गर्ने सहमति जुटेको छ, जसले सीमावर्ती बस्तीका नागरिकलाई आवतजावत, व्यापार तथा आपसी सम्बन्ध सुदृढीकरणमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

यो पुल केवल यातायातको संरचना मात्रै होइन, दुई राष्ट्रबीचको जनस्तरको सम्बन्ध र आपसी विश्वासको प्रतीक बन्ने संकेत देखिएको छ। दशक लामो प्रतीक्षा पछि खुलेको यो पुल अब क्षेत्रीय विकासको आधारशिला बन्ने सम्भावना छ।