बनियानी ।पाँचथर सिदिन-१ मा बुवा मेघ बहादुर राई र आमा खरि माया राईको पाँच छोरा र तीन छोरी मध्ये २०१४ साल चैत २९ गते जन्मिएका दिल प्रसाद राई जेठा सुपुत्र थिए । बुवा मेघ बहादुरको पाँच छोराहरु मध्ये जेष्ठ छोराको रुपमा रहेका दिल प्रसाद राई २०३१ सालमा पाँचथरबाट झापा लखनपुर गा.वि.स.को लालध्वन्द्रा झरेका राई अविवाहित थिए ।
साविक बनियानी गा.वि.स.बसाइँसराइकै क्रममा २०३२ सालबाट झापा जिल्ला बनियानी गा.वि.स.९ (डुगडुगी ) स्थायी बस्न समकालीन साथी कननन्द राईले आफ्नो घरमा बास बस्नेगरि ल्याएका थिए । अविवाहित राईले यहीँ विवाह गरी घरजम थालेका राईको पाँच छोरा र चार छोरीछन् ।कलिलो उमेरबाटै घर परिवारको भन्दा समाजको लागि बढी समय खर्चिने राईको पारिवारिक जीवनभने अभावले नै बित्यो ।
बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै एक घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रीमण्डल बिघटन गरेपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरू गरिएको थियो। यो एकदलीय व्यवस्था थियो। राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरी राज्य गरे। नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। २०४६ को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो । फलत नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भै बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो। केशव कुमार बुढाथोकीसँग राई अत्यन्तै निकट र विश्वासपात्र थिए । बुढाथोकीलाई बहुदलको वकालत गरेको कारण राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरेका थिए । २०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट नेपाली कांग्रेसका उम्मेदवार बुढाथोकीले भारत, दार्जीलिङबाट अङ्ग्रेजीमा स्नातक गरेका थिए ।
सरल ,शान्त र हसिलो स्वभावका राईले राजनीति उतारचढावका बीच सहयात्री को कहाँ पुगेपनि राईले भने अबिचलित नेपाली काँग्रेसको सदस्यता कम्युनिस्टको लालकिल्लामा मानिएको डुगडुगीमा एक्लै भएरपनि समाजवादको यात्रा पछ्याईरहे ।
सन्तान हुर्कदै गएपछि पारिवारिक सुख र शान्तिको महसुस गर्न थालेका दिल प्रसाद स्थानीय गाउँघरमा नेता भन्दापनि समाजसेवामा नै बढी ध्यान दिन्थे । कसैलाई नराम्रो शब्द नओकल्ने राई गाउँघरमा काठको काममा भने पेशाकै रुपमा काम गरि आर्थिक उपार्जन गर्थे ।
काठ मिस्त्री बाहेक अर्को पेशा नभएका उहाँ अनवरत छिमेसँग रहेर उनीहरूको सुखदुःखमा सहभागी हुन्थे ।
आँफू र परिवारका सन्तानले नेपाली काँग्रेस र नेकपा माओवादी पार्टीलाई संविधानसभा मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र समावेशी राज्य निर्माण गर्ने मुद्दालाई संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट लिएका पार्टी र नेतृत्वको रक्षाकै वरिपरि राई र परिवारको राजनीतिक दायरा रह्यो।
कहिले नेता बन्ने लोभ नभएका राईको ६६ बर्षको उमेरमा पौष २८ गते अपरान्ह साढे ११:३० बजे उपचारका क्रममा निधन भएको हो ।
हकी ,निडर र हिम्मतिला राईलाई पछिल्लो जेठ महिनाबाट घाँटीको समस्या बढेर स्वास्थ्यस्थिती जटिल बनेको थियो ।
केही दिन अघि काठमाडौंमा उपचार गरेर फर्किएका राईले बिरामी साथी कनन्द राईलाई "खोइ हौ,म त बाँच्छु कि बाँच्दिन" भनेको भेटमा हामी दुवै बिरामी भयौं भन्ने साथी "मर्ला जस्तो त थिएन तर उ पो पहिले मरेछ"भन्दै सम्झिए ।