नाईस आलम । कचनकवल गाउँपालिका-४ (पगलीभिट्टा) निवासी कातिक मियाँका छोरा फरमुद आलमको भारतमा रेल दुर्घटनामा परेर निधन भएको छ। परिवारिक स्रोतका अनुसार दिल्लीबाट रेलगाडीमार्फत घर फर्कने क्रममा हिजो राति गाजीपुर रेलवे स्टेसन नजिकै लडेर गम्भीर घाइते भएका उनलाई त्यही क्रममा मृत्यु भएको पुष्टि गरिएको हो।

परिवारका अनुसार केही समयदेखि दिल्लीमै श्रम गरी जीवन निर्वाह गर्दै आएका  आलम घर फर्कने उद्देश्यले रेल यात्रा गर्दै थिए। यात्रा क्रममा कायमै आएको दुर्घटनाले उनको ज्यान गएको बताइएको छ।

दुर्घटनाको पूर्ण विवरण भारतीय सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले संकलन गरिरहेको र आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी प्राप्त भएको छ। घटनाले गाउँभर शोकको वातावरण सिर्जना भएको छ।