झापा, कचनकावल - लैंगिक हिंसा विरुद्ध अन्तर्राष्ट्रिय रूपमा मनाइने १६ दिने अभियान (16 Days of Activism) कचनकवल गाउँपालिकामा यस वर्ष “प्रविधिको सदुपयोग गरौं- लैंगिक हिंसा अन्त्य गरौं” भन्ने मुख्य नारासहित औपचारिक रूपमा प्रारम्भ गरिएको छ।
गाउँपालिका वडा नं. २ मा आयोजित विशेष कार्यक्रममार्फत अभियानको उद्घाटन प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले गर्नुभयो। कार्यक्रममा उहाँले भन्नुभयो “लैंगिक हिंसा रोकथाम Wordsमा होइन, व्यवहारमा लागू हुने programs मार्फत मात्र सम्भव हुन्छ। प्रविधि हाम्रो शक्तिशाली सहयात्री हो-यसको सदुपयोग गरिए Gender-Based Violence अन्त्यतिर ठूलो कदम पर्छ।”
कार्यक्रम उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न भयो। उपाध्यक्ष भट्टराईले “कचनकवललाई लैंगिक हिंसामुक्त गाउँपालिका बनाउनु हाम्रो साझा लक्ष्य हो। यसका लागि कानुनी ज्ञान, सामाजिक शिक्षा र डिजिटल सक्षमताको समुचित संयोजन नै स्थायी समाधान हो।”
वडा अध्यक्ष ग्यास अजमल मियाँले प्रविधिको पहुँच गाउँ-गाउँसम्म विस्तार हुनु आवश्यक रहेको उल्लेख गर्दै “महिलामाथि हुने हिंसाका धेरै घटना सूचना अभाव र मौनताका कारण लुकेर जान्छन्। अब हरेक नागरिकले प्रविधिबाट सजिलै उजुरी दिन, जानकारी लिन र न्याय पाउन सक्नुपर्छ।”
महिला अधिकारकर्मी भागिरथा प्याकुरेलले लैंगिक हिंसा रोकथाममा सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको बताउँदै “सिर्फ कानुनले मात्र हिंसा कम हुँदैन। सामाजिक मानसिकतामा रूपान्तरण, महिलाको डिजिटल सशक्तिकरण र समुदायको सक्रियता एकैसाथ अघि बढ्नुपर्छ। यही अभियानले त्यस दिशामा महत्वपूर्ण बहस सुरु गरेको छ।”
कार्यक्रमको स्वागत मन्तव्य दिलकुमार राजवंशीले दिएका थिए। कार्यक्रम सञ्चालन गर्दै शाखा प्रमुख मेनुका घिमिरेले कानुन, सामाजिक चेतना र प्रविधिको संयोजनबाट मात्र हिंसामुक्त समाज निर्माण सम्भव हुने बताइन्।
मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने अभियानको पहिलो दिन वडा नं. १, २ र ३ का प्रतिनिधिहरूलाई समेटेर जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, महिला अधिकारकर्मी, राजनीतिकर्मी तथा सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमका सहभागीहरूलाई कानुनी ज्ञान तथा व्यवहारिक मार्गदर्शन अधिवक्ता कविता बास्तोलाले प्रदान गरिन्। उनले भन्नुभयो “कानुनी पहुँच विस्तार, प्रविधिको सचेत प्रयोग र सामूहिक प्रतिवद्धताले मात्र हिंसामुक्त समाज निर्माण सम्भव हुन्छ।”
कचनकवल गाउँपालिकाले विद्यालय, महिला समूह, युवा क्लव र स्थानीय संस्थासँग सहकार्य गर्दै समुदायमै पुगेर निरन्तर चेतनामूलक गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।




















