एस.पी.रेग्मी । स्टनमा - उ बेला सिंहदरबार हजारौँ बनाउन सकिन्छ भन्दै देश खरानी पारे।

व्यवहारमा - अहिले कृष्णभीरमा दुई-चार मिटर बाटो बनाउन गाडाबाट पसिना निस्कियो।

स्टनमा - एकद्वार प्रणाली र हाम्रै सेना, प्रहरी र रास्वपाले मात्रै उद्धार गर्ने।

व्यवहारमा - जनताको समयमै वैज्ञानिक तवरबाट उद्धार गर्न नसक्दा अहिले पनि सयौँ जनता टनेलभित्र बन्दी छन्।

स्टनमा - उ बेला कालो चस्माधारी स्टनले कोही पनि राजदूत वा नेता सिङ्गल नभेट्ने।

व्यवहारमा - दिल्लीका ‘र’ का एजेन्टहरू होटल–होटल भेट्ने, सिंहदरबारमा खुसुक्क एक्लाएक्लै राजदूत भेट्ने, मुस्ताङतिर डेटिङ जाने।

स्टनमा - ट्या-ट्या, टु-टु गाडीका लस्कर; सेवा-सुविधा केही नलिने, मन्त्रीको तलबसमेत नखाने, ‘म मन्त्री भएँ वा कुनै पार्टीको सदस्य भएँ भने यही झुन्डाउनु’ भन्ने।

व्यवहारमा - सबैभन्दा छिटो मन्त्री बन्न पुग्ने, आसेपासे दर्जनौँ सल्लाहकार बनाएर राज्य दोहन गर्ने, अरू दलले हटाएको सचिवको सुविधा चाहिने, तलबका नाममा घरभाडासम्म नछाड्ने।

जेन्जी आन्दोलनका घाइते जेलमा छन्। सहिद परिवार रुँदै सडकमा छन्। जेन्जीलाई उचालेर लडाउनेहरू चिलमा छन्।

देश ध्वस्त पार्न लिएको विदेशी डलरको हिसाब पत्रकारले प्रश्न गर्दा कतिन्जेल मिडियाबाट भाग्छौ ?

ल भन्नुस्- यिनीहरूको स्टन कि सुशासन ?

यिनीहरूको भ्रष्टाचारविरोधी आन्दोलन कि भुँडीभरि आन्दोलन ?

हिजो र आज हेर्दा, यो स्टन नभएर के हो त ?

अन्त्यमा, हुन त गणेशमानले उ बेलैमा भनेका थिए- नेपाली जनता सत्य होइन, हावाको वेगसँगै भ्या-भ्या गर्ने भेडा हुन्।

अहिले आएर यो परिवेश र घटनाक्रम नियाल्दा नेपालीहरूको उपनाम परिवर्तन गरेर ‘गधा’ राखिदिन मन लाग्यो। किनकि गधालाई जे बोकाए पनि, विदेशी होस् वा स्वदेशी- जसको झोला बोकाए पनि कराउँदैन। उसलाई कुन सिलौटो हो, कुन सुन हो भन्ने कुरा पत्तो पाउँदैन। लादी बोके पनि ठीक, चाँदी बोके पनि ठीक। आजभोलि नेपाली जनता भेडाबाट गधा बनेका छन्।

कहिलेकाहीँ दुःख पनि लाग्छ। छिमेकी देशहरू चन्द्रमामा आफ्नो दाबी पेस गर्न थालिसकेको यो परिवेशमा नेपालीहरूको चेतनास्तर हेर्दा थुक्न पनि मन लाग्छ।

उनीहरू त्यो स्तरमा पुग्नुको पछाडि त्यहाँका जनता प्रमुख छन्। त्यो त्यहाँका जनताको चेतनास्तरको मापन हो। उनीहरू सस्ता स्टनमा भन्दा व्यवहारमा शासकहरूलाई विश्वास गर्छन्।

त्यहाँका जनता सचेत छन्। एउटा अवधिमा काम नगर्ने शासकहरूलाई अर्को चोटि सत्तामा आउन नसक्ने बनाएर सडकमा मिल्काइदिन्छन्। आज उनीहरू चन्द्रमामा दाबी गरिरहेका छन्, हामी भने गधा भएर उनैको झोला बोकेर हिँडिरहेका छौँ।

नेपालका जनता मात्रै होइन, शासकहरू पनि पराधीन छन्। उनीहरू कहिल्यै आत्मनिर्भर हुने योजना र नीति बनाउँदैनन्। जहिल्यै मागेर खाने बानी परिसकेको छ। उनीहरूको पनि स्वतन्त्रता, आत्मनिर्भरता र आत्मनिर्णयको अधिकार भनेको नेपाली गधाहरूलाई झुक्याउने दाँत मात्रै हो। रिमोट भने अर्कैको हातमा छ।

असलमा भन्ने हो भने, हाम्रो मस्तिष्क यतिबेला हाम्रो नियन्त्रणमा छैन। प्रभुहरूको एल्गोरिदमले हामीलाई दास बनाएको छ। राक्षसलाई भगवान् र भगवान्लाई राक्षस देखाएको छ। हामी गधा भने त्यतैको बाटो, उनीहरूकै भारी बोकेर आफ्नै देशविरुद्ध हिँडिरहेका छौँ।

यहाँ आत्मनिर्भरता, स्वतन्त्रता, नागरिक सर्वोच्चता र आत्मनिर्णयको अधिकार जस्ता कुरा यदि कसैले गर्‍यो भने प्रचण्ड र हर्कको जस्तै गालीको फायर खुल्छ। तर डलर खाएर देशविरुद्ध उभिने, जनता लुट्ने, पर्दामा झैँ नाटक र स्टन देखाउनेहरूको जयजयकार हुन्छ। किनकि हामीले सोच्ने मस्तिष्क हाम्रो नियन्त्रणमा छैन।