कचनकवल । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको अकस्मात् विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कचनकवल गाउँपालिका-४ का स्थानीयले आर्थिक सहयोग जुटाएका छन्।
मनकामना दुर्गा मन्दिर परिवार, प्रगति टोल परिवार, चालिसे झोडावासी, हरियाली टोल परिवारलगायत नेपालकै होचो भू-भागका स्थानीयको सहभागितामा संकलित रु. २५ हजार १ सय ५५ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।
स्थानीय समाजसेवी गोमा देवी रिमाल र तुलाराम घिमिरेको सक्रियतामा सहयोग संकलन गरिएको जनाइएको छ। विपत्तिमा परेकाहरूको पीडालाई आफ्नै पीडा सम्झँदै स्थानीयले आफूले सकेको आर्थिक सहयोग उपलब्ध गराएका हुन्।
सहयोग संकलनका क्रममा बाढीमा बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार, घाइतेहरूको प्रभावकारी उपचार र प्रभावित परिवारको पुनर्स्थापनाका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
भदौ १६ गते जम्मा गरिएको उक्त सहयोगले विपद्को घडीमा भौगोलिक दूरीभन्दा मानवीय संवेदना ठूलो हुने सन्देशसमेत दिएको छ।
सहयोगीहरुको विवरण :
























