एस.पी.रेग्मी । यो सरकारले कहिल्यै नदेखेका,नभोगेका भर्खरै हुर्कदै गरेको नयाँ पुस्तालाइ शोषक सामन्ती ब्यवस्था सामन्तबाद कस्तो थियो भन्ने कुरा देखाइदिएको छ, शिक्षा ,स्वास्थ,उपचार,पानी , भान्सा चुलो सम्म vat लगाइदिएर एउटा महत्त्वपूर्ण शिक्षा दिएर अहिलेको पुस्तालाइ सहज बनाइदिएको छ।
हिजो हाम्रा अग्रज जिजु बाजे,बुवा आमा, दाजुभाइ दिदी बहिनिहरुले किन संघर्ष गर्नुपर्यो,देशमा परिवर्तनका लागि किन रगत बग्यो ? प्रजातन्त्र , लोकततन्त्र र गणतन्त्र जनताका लागि किन आवश्यक रहेछ ? तानाशाही ब्यवस्था,सामन्ती ब्यवस्था,राणासासन, अहिलेका पुस्ताले सुनेका मात्रै थिए। तर रास्वपा सरकारले ल्याएको बजेट बाट कम्तिमा उनिहरुले अब प्रत्यक्ष भोग्दैछन। यो सरकारले चलाएको सुकुम्बासी बस्ती को डोजर यात्रा देखि जनताले बिरामी हुदा गर्ने उपचार ,शिक्षा , स्वास्थ्य , खानेपानी ,बिजुली हुँदै जनताका चुला चौका सम्म( vat ) लगाएर अहिलेको सरकारले कम्तिमा नया पुस्तालाइ राणासासन, सामन्तिब्यवस्था र हिटलर शासन अध्यन गर्ने र अनुभव गर्ने एउटा अवसर पनि दिएको छ।
त्यति मात्रै होइन अहिलेको नया पुस्तालाइ रास्वपा सरकारले त्यो बेलाको राणा सासन ब्यवस्थाको पनि अनुभव दिदैछ,शिक्षा धनिहरुले वा पुजिपतिले मात्रै लिन पाउनुपर्छ भनेर शिक्षामा लगाएको vat बाट स्पस्ट हुन्छ। गरिबले पढ्नु हुदैन। गरिब बाठा भए हाम्रो सत्ता खोसिन्छ भनेर उ बेला पनि जनतालाइ पढ्न निसेध गरिएको थियो। अहिलेको पुस्ताले राणासासनको अनुभव लिन पाउनु राम्रै कुरा हो यसर्थ रास्वपा सरकारलाइ धन्यवाद दिनै पर्छ।
अहिले गरिब परिवारका घर टहरा भत्काएर सरकारले बिना ब्यवस्थापन सुकुम्बासी जनतालाइ बेघर बनाएको मैले पनि अनुभव गर्न पाए।आज आफ्नै घर परिवार सग झुपडीमा नै बसे पनि खुसिसाथ बसेको परिवार आज उजाडिएको छ।विभिन्न मिडियाबाट आइरहेका छन। पत्रकार रिशी धमला को एक रिपोर्ट हेरेको थिए ती सुकुम्बासी हरु राखेको ठाउमा रोग ,शिक्षा, उपचार, बास जस्ता न्युनतम बिसयहरुको डरलाग्दो अवस्था देखिएको छ।
उहिले पन्चायत काल तिर अन्नको कुत बुझाएर सामन्तिहरुलाइ खुशी बनाउनु पर्थ्यो रे बाहु बाजे बाट मैले पनि सुनेको, अहिले घरमा भात पकाइखाने इन्डक्सन चुलो बालेबापत पनि अहिलेको रास्वपा सरकारलाई vat बुझाउनु पर्छ रे । मैले मेरा बा ले भनेको सम्झिए। अहो बाले त भन्नू हुन्थ्यो आज आफैले भोग्नु पर्दैछ। यो सरकारले मलाइ पन्चायत पनि अनुभव गर्न दियो।
रास्वपा सरकारलाइ धेरै धेरै धन्यवाद। किनकी हामी नया पुस्ताले भोग्दै नभोगेका इतिहासका राणा शासन,पन्चायत ,सामन्ती ब्यवस्थाको सुरुवात गरेर एउटा गुण लगाएको छ।हाम्रा अग्रजहरुले गरेका संघर्षको यथार्थ बुजाइदिएको छ। किन नेपाली जनताले नागरिक सर्बोच्चता ,प्रजातन्त्र र गणतन्त्र का लागि सयौ बर्सदेखी संघर्ष र बलिदान गर्नु पर्यो भन्ने कुरा रास्वपा सरकारले बुझाइदिएको छ। फेरि पनि हामिले भोग्दै नभोगेका नया पुस्तालाइ जातिय विभेद,एकात्मक राज्यब्यवस्था,छुवाछुत,लिङ्गिय विभेद,धार्मिक विभेद , जस्ता कुराहरु अहिलेको रास्वपा सरकारले नयाँ पुस्तालाइ अनुभव गराउने नै छ आसा गर्दछु।
अन्त्यमा गणतन्त्र भित्रै बसेर ,लोकतान्त्रिक ब्यवस्थाकै तलब भत्ता खाएर , संविधान भित्रै रहेर नेपाली जनताले ठूलो बलिदान र संघर्षबाट ल्याएको जुन नागरिक सर्बोच्चताको घाटी रेट्ने काम रास्वपा सरकारबाट हुदैछ त्यो चाहिँ अहिलेको नया पुस्ता स्पष्ट छौ। अहिलेको पुस्तालाइ यो अनुभव शिक्षा दिइराख्न जरुरी छैन। बिस्वका हरेक कुनामा अध्यन गरेका अहेलेको नया पुस्तालाइ गणतन्त्र ,लोकतान्त्रिक ब्यवस्था,समाबेशिता, संघीयता ,धर्मनिरपेक्षता, बारे चाहिँ अनुभव दिने कोसिस चाहिँ रास्वपा सरकारले नगरेकै राम्रो। जुन दिन जनताका अधिकार र नागरिक सर्बोच्चताको घाँटी थिच्ने कोसिस गरिने छ त्यसको अघिल्लै दिन फेरि अर्को इतिहास नया पुस्ताले लेख्ने नै छ।




















