काठमाडौं, साउन ११। राजधानी काठमाडौंको बत्तीसपुतलीमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ। ‘फ्रेन्ड्स अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’को आयोजनामा भएको कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (CPC) को पार्टी निर्माण, संस्थागत विकास तथा राष्ट्रपति शी जिनपिङको राजनीतिक विचारबारे गहन छलफल गरिएको थियो।

प्लेटफर्मका अध्यक्ष तथा समाजसेवी शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजनीतिज्ञ, राजनीतिक विश्लेषक तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा जगन्नाथ खतिवडा, डा. गोपाल खनाल, डा. दीपक देवकोटामहेशराज दाहालले प्रमुख वक्ताका रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक विकास, वैचारिक आधार र नेतृत्व प्रणालीबारे आफ्नो विश्लेषण प्रस्तुत गर्नुभएको थियो।

Screenshot_2026-07-27-16-34-28-850_com.facebook.orca-edit

वक्ताहरूले माओत्सेतुङको नेतृत्वकालदेखि वर्तमान राष्ट्रपति शी जिनपिङको कार्यकालसम्म चीनमा कम्युनिस्ट शासन प्रणालीको विकासक्रम, संस्थागत सुदृढीकरण तथा पार्टी नेतृत्वको निरन्तरताबारे ऐतिहासिक र समसामयिक दृष्टिकोण प्रस्तुत गरेका थिए। साथै, वर्तमान नेतृत्वले राष्ट्रिय आवश्यकता, दीर्घकालीन रणनीति र सुशासनका अवधारणालाई कसरी नीतिगत रूपमा अघि बढाएको छ भन्ने विषयमा पनि विस्तृत विमर्श भएको थियो।

गोष्ठीमा सहभागी विश्लेषकहरूले चीनको विकास मोडेल र पार्टी निर्माणसम्बन्धी अभ्यासबाट नेपालजस्ता विकासोन्मुख मुलुकले आफ्नै राष्ट्रिय आवश्यकता, राजनीतिक प्रणाली र संवैधानिक संरचनाअनुकूल उपयोगी अनुभव तथा सकारात्मक पाठ ग्रहण गर्न सकिने धारणा व्यक्त गरेका थिए।

संस्थाका महासचिव तारा बस्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा सीमाविद् डा. विष्णुहरि नेपाल, द्वन्द्वविद् विष्णुप्रसाद उप्रेती, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, पूर्व प्रहरी महानिरीक्षक रमेश खरेल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।