इटहरी । रोजगारीको खोजीमा रहेका युवाहरू तथा दक्ष जनशक्ति आवश्यक पर्ने रोजगारदाता र संघ-संस्थालाई लक्षित गर्दै ‘सीप तथा रोजगार मेला-२०८३’ आयोजना हुने भएको छ।
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सञ्चालन हुने उक्त मेला असोज १४ गतेदेखि २० गतेसम्म इटहरीस्थित सोल्टी वेस्टेन्डको प्राङ्गण, सुनसरीमा आयोजना गरिने जनाइएको छ।
मेलामा रोजगारी खोजिरहेका व्यक्तिहरूले उपलब्ध रोजगारीका अवसर, सीप विकास तथा रोजगारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। त्यसैगरी रोजगारदाता तथा विभिन्न संघ-संस्थाले रोजगारीका अवसरबारे जानकारी गराउँदै सम्भावित जनशक्तिसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने अवसर प्राप्त गर्नेछन्।
मेलामा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ। रोजगारीको खोजीमा रहेका युवाहरू तथा रोजगारका अवसर प्रदान गर्ने रोजगारदाता, संघ-संस्थालाई मेलामा सहभागी हुन कचनकवल गाउँपालिका रोजगार सीप तथा उद्यमशीलता केन्द्रले अनुरोध गरेको छ।




















