झापा । नेपाली कम्युनिष्ट पार्टीले झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। बिहीबार बसेको पार्टीको उम्मेदवार छनोट समितिको बैठकले प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा सदस्यका लागि नामावली तय गरी केन्द्रीय कमिटीमा सिफारिस गरेको हो।
पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सविता भण्डारी, माधव अर्याल, चन्द्रा कार्की, अशेष घिमिरे र बीपी भट्टराईलाई सिफारिस गरेको छ। समानुपातिकतर्फ मुकुलचन्द्र राजवंशी, कोविलाल मेचे, पर्शुराम शंकर, तारा राज ओली, उदय बराइली, तारा रुचाल र सूर्यबहादुर विकको नाम अगाडि बढाइएको छ। राष्ट्रियसभा सदस्यतर्फ बोधराज दाहाल (असिम) र बद्रीनाथ फुयाँल सिफारिस भएका छन्।
क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ हरिबोल गजुरेल, धर्मशिला चापागाई, बासुदेव दुलाल, प्रत्युस आजाद राना र प्रज्वल कडरिया (जेन-जेड) सिफारिस भएका छन्। समानुपातिकतर्फ हरिकुमार राना, ज्योति सिंह दर्लामी, भाष्करराज काफ्ले, सनम राजवंशी, योगेश खपांगी, डा. विष्णुप्रसाद मिश्र, देवी बराल, डा. मुरली शाह, दुर्गा आचार्य र तीर्थ सिग्देलको नाम समावेश गरिएको छ। राष्ट्रियसभा सदस्यतर्फ लोकबन्धु कन्दङ्वा सिफारिस भएका छन्।
झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ पुष्पराज पोखरेल, पूर्णसिंह राजवंशी, डम्बर गिरी, चन्द्रा श्रेष्ठ र पृतम वन (जेन-जेड) सिफारिस भएका छन्। समानुपातिकतर्फ मोहन टुडु, हिरा राजवंशी, देवेन्द्र किशोर ढुंगाना, डिल्लीराम घिमिरे र गंगाप्रसाद ओली रहेका छन्। राष्ट्रियसभा सदस्यतर्फ बेदराज रेग्मीको नाम सिफारिस गरिएको उम्मेदवार छनोट समिति सदस्य रञ्जित तामाङले जानकारी दिए।
क्षेत्र नम्बर ४ का लागि प्रत्यक्षतर्फ झलक सिंह दर्लामी, पुरुषोत्तम चुडाल, गौरीमान राई, टेकेन्द्र चम्लागाई (जेन-जेड), अम्बिका उप्रेती र प्रतिक राजवंशी (जेन-जेड) सिफारिस भएका छन्। समानुपातिकतर्फ मणिकुमार साम्पाङ, कल्पना कार्की, चन्द्रमोहन राजवंशी, केयरसिंह बस्नेत, ढुण्डीराज गुरागाईं र जेबुल हकको नाम समावेश छ। राष्ट्रियसभा सदस्यतर्फ रामकुमार राई, दिनेशचन्द्र राजवंशी र भरत श्रेष्ठ सिफारिस भएका छन्।
त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, दिपेनवाला राई, हरिमाया मैनाली, विवेक गौतम र सुरेन्द्र बस्नेत सिफारिस भएका छन्।
पार्टीले अनुभव, समावेशिता, क्षेत्रीय सन्तुलन तथा युवा पुस्ताको सहभागितालाई ध्यानमा राख्दै उम्मेदवार सिफारिस गरिएको जनाएको छ। अन्तिम उम्मेदवारको टुंगो भने केन्द्रीय कमिटीको निर्णयपछि लाग्ने बताइएको छ।




















