झापा। कोशी प्रदेशमा सञ्चालनमा रहेका सहकारी संस्थामध्ये सबैभन्दा धेरै झापामा १३१ वटा सहकारी निष्क्रिय अवस्थामा रहेका छन्। प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले दुई वर्षसम्म आवश्यक विवरण नबुझाएका ती सहकारीको सूची सार्वजनिक गरेको हो।

जिल्लागत विवरणअनुसार झापा शीर्षमा रहेको छ भने मोरङमा ६७ र सुनसरीमा ६२ सहकारी निष्क्रिय अवस्थामा रहेका छन्।

झापाको कचनकवल गाउँपालिकाबाट पनि पाँच सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन्। सूचीमा परेका सहकारीमा-नौलो भविष्य साना किसान कृषि सहकारी संस्था बनियानी ,संगती कृषि सहकारी संस्था केचना ,धरधरे सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था घेरावारी ,उत्तरासर माछा उत्पादन सहकारी संस्था घेरावारी ,स्वयं सहायता महिला तथा अपाङ्गता कृषि सहकारी संस्था घेरावारी रहेकाछन्।

प्रदेश सहकारी रजिष्ट्रार भुपेन्द्र खनालका अनुसार लामो समयदेखि गतिविधि हराएका वा सम्पत्ति-दायित्व नभएका सहकारीहरूको खारेजी अभियान अघि बढाइनेछ।

सूचीमा परेका सहकारी संस्थाले ३५ दिनभित्र विवरण अद्यावधिक नगरे कानुनी प्रक्रिया अनुसार अनिवार्य रुपमा खारेजी गरिने चेतावनी दिइएको छ।

हेर्नुस  :

Screenshot_2025-09-03-12-47-08-140_com.facebook.katana-editScreenshot_2025-09-04-04-39-36-173_com.miui.gallery-edit