बनियानी । कचनकवल गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले कचनकवलका नागरिकको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

Screenshot_2024-02-16-05-43-49-100_com.miui.gallery-editगाउँपालिकाको सिफारिसलाई विभाग र मन्त्रालयमा लगी स्वीकृत गराउने युवा समाजसेवी श्याम सिटौलाले छोटो समयमै बहुउपयोगी सामग्रीहरु ल्याउन विशेष पहल गर्नु भएकोले हिजो गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त गरेको उपकरण प्राथमिक स्वास्थ्य केन्द्र बनियानीलाई हस्तान्तरण गरेकाछन् । स्वास्थ्य सामग्रीको मूल्य २१ लाख ७१ हजार ६ सय २६ रुपैया बराबरको रहेको छ ।  विशेष गरी स्थानीय तहमा उन्नत चिकित्सा उपकरणहरूको आवश्यकतालाई उक्त बहुउपयोगी स्वास्थ्य सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको गाउँपालिकाले जनाएको छ ।

IMG-20240216-WA0003सामाग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष राजवँशीले पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्य जाँच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षणमा कलेजो ,मृगौला र प्यान्क्रियाजसहित महत्वपूर्ण अङ्गहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने विश्वास रहेको छ । यस डायग्नोस्टिक उपकरणले सिरम ,प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमूनाहरूको सही विश्लेषण गर्ने छ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका नेपाल सरकारको यस सहयोगले स्थानीय स्तरमा रहेको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रको १५ शैयाको आधारभूत अस्पतालको स्तरवृद्धिमा थप मद्दत पुग्दा प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउने बताउनुभयो।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै युवा समाजसेवी सिटौलाले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिँदै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे । सिटौलाले नेपाल सरकारको यस्ता किसिमका सहयोगले कचनकवललाई एक स्थिर विकासका लागि सधैँ समर्थन रहने बताए ।