हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो। हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती (भारतीय हात्ती, श्रीलङ्काली हात्ती) गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन्। हात्तीका यी तीन प्रजातिहरू बाहेक अरु सबै प्रजाति तथा वर्गहरू पृथ्वीबाट लोप भइसकेका छन्। प्राचिन कालमा हिउपर्ने क्षेत्रहरूमा पाइने विशाल हिम हात्तीहरू हिम युगको अन्त्यसगै लोप भएका थिए। तर यीनीहरू जस्तै देखिने साना हिम हात्तीहरू सन् २००० बीसीको अन्त्य सम्मपनि अस्तित्वमा रहेको अध्ययनहरूले पुष्टी गरेको छ।
हाल अस्तित्वमा रहेका जमीनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो। हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमीनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो। साधारणतया एउटा हात्तीको छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम (२६० पाउन्ड) तौल भएको हुन्छ। हत्तीहरूको औशत आयू ५० देखि ७० वर्षको हुन्छ, तर अहिलेसम्मको अभिलेख अनुसार हात्ती ८२ वर्षसम्म पनि बाँचेको पाइएको छ। त्यस्तै अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो हात्ती सन् १९५६मा अंगोलामा मारिएको थियो। अन्य अफ्रिकन हात्तीहरू भन्दा करिब १ मिटर अग्लो उक्त भाले हात्तीको तौल २४,००० पाउन्ड (११००० किलोग्राम), उचाइ ३.९६ मिटर (१३ फिट) थियो। यीनीहरू स्मरणशक्ति र बुद्धिका लागि प्रसिद्ध छन्, हात्तीहरूको बुद्धि प्रागऐतिहासिक मानव, ह्वेल र डल्फिन बराबर भएको विश्वास गरिन्छ। यतिञ्जेल सम्मका अध्ययनहरू अनुसार, स्वस्थ वयस्क हात्तीको कुनै प्राकृतिक शिकारिहरू छैनन् तर सिंहले हात्तीका छावाहरू र कमजोर हात्तीहरूलाई शिकार गर्न सक्छ। यसका अलावा मानव घुसपैठ ,अवैध शिकार र मानव बीचको द्वन्द्वका कारणले बिधुतीय धरापमा पर्दा यिनीहरूलाई सङ्कटमा पारेको छ।
२०७४ मँसिर २१ गते पहिलो आम निर्वाचनमा भएको थियोे । उक्त चुनाव अघि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री थिए भने झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला दोस्रो सँविधानसभाका निर्वाचित साँसद थिए ।
संविधान निर्माणपछि भएको मँसिर २१ को पहिलो आम निर्वाचनमा नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र ) बीच वाम गठबन्धन भएको थियोे । नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा जीत निश्चित गर्न राप्रपासँग चुनावी गठबन्धन गरि राप्रपा नेता राजेन्द्रप्रसाद लिङ्देनलाई वाम गठबन्धनको साझा उम्मेदवार झापा क्षेत्र नम्बर ३ बाट बनाउँदा तत्कालीन वामपन्थीको मतले देशभरिमा राप्रपाले १ सिट झापा क्षेत्र नम्बर ३ बाट प्राप्त गर्यो भने काँग्रेस महामन्त्री कृष्ण सिटौलाले पराजय स्वीकार्नु पर्यो।
भारतबाट बाहुनडागी हुदै नेपाल प्रवेश गर्ने जँगली हात्ती र मानव बीचको द्वन्द न्युनीकरणका लागि तत्कालीन नेपाली काँग्रेस क्षेत्रीय सभापति समेत रहेका हाल भद्रपुर नगरपालिका मेयर गणेश पोख्रेलले साँसद रहेका कृष्ण प्रसाद सिटौला मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई २०७४/०४/२३ गते ज्ञापनपत्र लेखी कृष्ण सिटौला मार्फत बुझाउँदै उक्त ज्ञापनपत्र १७३० दर्ता नम्बरमा २०७४/०४/२५ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालयमा दर्ता गरायो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उक्त ज्ञापनपत्रको ब्यहोरा सहित त्यही दिन २०७४/०४/२५ गते वन तथा भु-सँरक्षण मन्त्रालयलाई च.न.५२६ को ज्ञापन पत्रको ब्यहोरा पठाएको थियोे । उक्त ज्ञापनपत्रको ब्यहोरालाई प्राथमिकताका साथ वन तथा भु-सँरक्षण मन्त्रालयले २०७४/०४/२७ गते च.न.२१ को पत्र सहित अर्थ मन्त्रालयलाई आवश्यक बजेट माग गरेको थियोे भने राष्ट्रिय योजना आयोगको सचिवालयले २०७४/०५/०४ गते च.न.१५४ को पत्र अनुसार बजेट स्वीकृतिका लागि वन तथा भु-सँरक्षण मन्त्रालयलाई पत्र पठाएको थियोे ।अर्थ मन्त्रालयले २०७४/०५/०४ गते नै च.न.९२ को पत्र मार्फत ८ करोड ८ लाख ९० हजार बराबरको कार्यक्रम गर्न सहमति दियो । बाहुनडागी ,मेचीनगर ,भद्रपुर ,हल्दिवारी ,बाह्रदशी ,कचनकवलमा दिनहुँ जस्तो जंगली हात्ती मानव बस्तीमा पसेर जन धनको क्षति गर्न थालेपछि ती जंगली हात्तीलाई रोक्न जैविक मार्ग बनाई जँगली हात्ती र मानव द्वन्द न्युनीकरणका लागि नेपाली काँग्रेसका साँसद कृष्ण सिटौला कै कार्यकालमा सौर्य तारवारको योजना स्वीकृत भई बजेट ब्यवस्थापन भएको पाईन्छ ।
जलथल जंगलको वरिपरि सौर्य विद्युतीय तारवार गरिने कार्यक्रमको बजेट स्वीकृतिको पत्र वन कार्यालयमा आईनपुग्दै २०७४/०८/२१ गते हुने पहिलो आम निर्वाचनको चहलपहलका कारण तारवारको काम हुन सकेन भने उक्त निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार लिङ्देनका अगाडि काँग्रेस महामन्त्रीले निर्वाचनमा हार्नुपर्यो ।
प्रकृति संरक्षण कोषमार्फत खर्च गर्ने गरि नेपाल सरकारको ६ करोड रुपैयाँको लागतमा जलथल चारकोशे जंगल क्षेत्रको करीब ४१ किलोमिटर क्षेत्रमा तारवार हात्ती नियन्त्रणका लागि पहिलो चरणमा जलथल जंगल वरिपरि विद्युतीय तारवार गर्न ‘तारवारका लागि ठेक्का भने राजेन्द्रप्रसाद लिङ्देनको कार्यकालमा भयो । तारवारका लागि तीन वटा कम्पनीले संयुक्त रुपमा काम गर्ने र उक्त तारवार निर्माणको काम सोही आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले तारवारका लागि मार्किङ गर्ने काम सुरु भएको थियोे । ’विद्युतीय तारवारका लागि न्यू क्रिएशन, पशुपति र फ्रेञ्च गार्ड जेभीले ठेक्का पाएको थियोे ।
२०७४ को पहिलो आमनिर्वाचनमा लिङ्देनकै कारण देशभरिमा राप्रपाले १ सिट प्राप्त गरेको भन्ने भ्रमका कारण राप्रपामा कमल थापालाई पाखा लगाउँदै अध्यक्ष बन्न लिङ्देनलाई सुवर्ण अवसर बन्यो भने २०७९ मँसिर ४ को दोस्रो आम निर्वाचनका बेला वामपन्थी दुई ठुला दल एमाले र माओवादी फुटको कारण पुन:लिङ्देनलाई नेकपा (एमाले) को दर्बिलो साथ पाउँदा जीत आफ्नो पोल्टामा पार्न सहज बन्यो भने सत्ता साझेदार गठबन्धनका उम्मेदवार कृष्ण सिटौलाले पुनः पराजय ब्यहोर्नुपर्यो ।
पहिलो आमनिर्वाचनको कार्यकालमा केही गर्न नसकेका लिङ्देनले दोस्रो आमनिर्वाचन २०७९ मा जीत सुनिश्चित बनाउन ग्वेभल्स शैलीमा आफ्नो प्रचारप्रसार गर्न " हार्नेले बनाउँछ कि जित्नेले " भन्ने नारा लगाउन पछि परेनन् ।
चुनावी परिणाम आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले झ्याम्म काँध हालेपछि आफ्नो कार्यकालमा नयाँ योजनाको सिन्को समेत भाँच्न नसकेका लिङ्देनलाई अरुले गरेका योजनाको जसभाग आफ्नो भन्न कति पनि शर्मिन्दाको बिषय बनेन । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले जीतेमा आफ्नो राजनीतिक भबिष्य सकिने देखेका लिङ्देनले सिटौलाको कार्यकालमा स्वीकृत भएका योजनाहरु चाराली-केचना सडक निर्माण ,भद्रपुर-राजगढ सडक निर्माण ,मेची पुल निर्माण,जलथल जँगल सौर्य तारवार निर्माण,पाठामारी-बालुवाडी सडक निर्माण,मेची नदि झोलुङ्गे पुल निर्माण आफुले गरेको भनी जतासामु लिङ्देनको चुनावी मसलाको भ्रमलाई लोकतान्त्रिक गठबन्धनले चिर्न नसक्दा दोस्रोपटक पनि सिटौलाले चुनावी परिणाममा हार्नको विकल्प रहेन ।
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भनेको नारा "हार्नेले बनाउँछ कि जित्नेले बनाउँछ" भन्दा जीत्नेले बनाउँछ भनी ताली पड्काउने जनताले साच्चिकै विकास र सम्बृद्धि चाहिएको भए प्रश्न गर्न सक्नुपर्छ । दुई पटक तपाईंलाई जितायौ हामीले खोइ हात्ती तारवार मर्मतको बजेट ,खोइ पाठामारी र बिरिङ नदिको झोलुङ्गे पुल निर्माण ,खोइ प्रदेककै सबैभन्दा ठुलो चन्द्रगढी स्थित जिपी स्मृति भवन अलपत्र ,खोइ पृथ्वीनगरको स्कुलको भवन अलपत्र पार्ने निर्माण कम्पनी भनेर सच्चा नागरिकले छातीमा हात राखेर प्रश्न गर्ने हिम्मत गरौँ ।