बनियानी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले झापा क्षेत्र नम्बर ३ मा ६९ लाख ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। नेपाली कांग्रेसबाट निर्वाचित भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले मन्त्रालयको सहकार्यमा आफ्नो निर्वाचन क्षेत्रमा मतदाताको आवश्यकता अनुसार बजेट विनियोजन गरेका हुन्।

वित्तीय हस्तान्तरणको माध्यमबाट नगर तथा गाउँपालिकालाई लक्षित गरी विभिन्न मन्दिर, गुम्बा, क्लब, तटबन्ध र सडक निर्माणका लागि बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ।

विनियोजित बजेट विवरण अनुसार भद्रपुर नगरपालिकाभित्रका वडा नं. २ ,देवी मन्दिर सामुदायिक भवन - ४ लाख वडा नं. ३ ,शिव शिवालय मन्दिर - २ लाख ५० हजार वडा नं. १ ,नाइटीङ्गल क्लब - ४ लाख वडा नं. २ ,याम्बु छोलिङ्ग बौद्धगुम्बा - २ लाख ५० हजार वडा नं. २ ,भुजेल समाज सेवा - २ लाख ५० हजार र कचनकवल गाउँपालिकाभित्रका वडा नं. ३ ,कृष्ण प्रणामी मन्दिर - २ लाख ५० हजार नेवार गुठी - ३ लाख वडा नं. ६ ,बाल सामुदायिक भवन - ३ लाख वडा नं. २ ,हरि कृष्ण सनातन सत्सङ्ग मन्दिर - ३ लाख भादरु किराना पसलदेखि आमबारी स्कुल सडक - १२ लाख वडा नं. ३ ,मदरसा तटबन्ध - ३ लाख वडा नं. १ ,घेराबारी–पथरिया सत्सङ्ग - ४ लाख र हल्दिबारी गाउँपालिकाभित्रका वडा नं. ४ ,किरातेश्वर मन्दिर - २ लाख वडा नं. २ ,सिंहदेवी मन्दिर - २ लाख वडा नं. ४ ,सिद्धकाली मन्दिर - २ लाख र बिर्तामोड नगरपालिकाभित्रका

वडा नं. १० ,कृष्ण प्रणामी सत्सङ्ग मन्दिर - ४ लाख वडा नं. १० ,दुर्गा भवानी मन्दिर - २ लाख रुपैया विनियोजन गरिएको छ।

यस्तै, खानेपानी मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापनका लागि कचनकवल–७ स्थित बालुवा खोला तटबन्ध र कचनकवल–५ स्थित बडो झोडा ईदगा तटबन्धमा ५/५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

राज्यमन्त्री राजवंशीले सामाजिक, धार्मिक र भौतिक पूर्वाधारमा सन्तुलित विकास गर्न विनियोजन गरिएको बजेटले विकास निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।