बनियानी । आधारभुत तह उत्तीर्ण परीक्षा २०८१ मा सहभागी कचनकवलका सामुदायिक र सँस्थागत २३ विद्यालयका सहभागी ८०० विद्यार्थीहरु मध्ये २३६ विद्यार्थी मात्रै उत्तीर्ण भएकाछन् ।


कचनकवलका सामुदायिक तर्फका १५ विद्यालयहरुमा गगन आधारभुत विद्यालय (बालुवाडी) बाट १४ सहभागीमा २ उत्तीर्ण ,आमवारी आधारभुत विद्यालय कचनकवल-३ बाट ९ सहभागीमा ० उत्तीर्ण ,बुद्ध मावि कचनकवल-१ (पथरिया हाट) बाट २४ सहभागीमा १० उत्तीर्ण ,जानकी मावि कचनकवल-५ (पाठामारी) बाट ५२ सहभागीमा ६ उत्तीर्ण ,जानकी मावि कचनकवल-७ (बालुवाडी) बाट १५ सहभागीमा ० उत्तीर्ण ,जनता मावि कचनकवल-७ (बालुवाडी) बाट ३७ सहभागीमा १२ उत्तीर्ण ,लक्ष्मीप्रसाद देवकोटा मावि कचनकवल-२ (सुकुनाडिगी) बाट १४१ सहभागीमा २४ उत्तीर्ण ,लक्ष्मी मावि कचनकवल-६ (बनियानी) बाट ७१ सहभागीमा १३ उत्तीर्ण ,महेन्द्ररत्न मावि कचनकवल-४ (केचना) बाट ३६ सहभागीमा १ उत्तीर्ण ,मोती मावि कचनकवल-३ (डागिवारी) बाट ५१ सहभागीमा ४ उत्तीर्ण ,नवदुर्गा आधारभुत विद्यालय कचनकवल-१ (पिण्डलवारी) बाट ८ सहभागीमा ० उत्तीर्ण ,पथरिया मावि कचनकवल-३ (पथरिया) बाट ४० सहभागीमा १५ उत्तीर्ण ,सहिद गँगालाल आवि कचनकवल-१ (कुटी) बाट १८ सहभागीमा ० उत्तीर्ण ,सरस्वती आधारभुत विद्यालय कचनकवल-३ (दल्की) बाट २१ सहभागीमा ४ उत्तीर्ण ,शिव मावि कचनकवल-७ (फर्साडागी) बाट १२ सहभागीमा १ उत्तीर्ण भएकाछन्।
कचनकवलकै सँस्थागत विद्यालय तर्फबाट सहभागी ८ विद्यालयहरुमा विद्यापाणी मावि कचनकवल-३ (पथरिया) बाट ४९ सहभागीमा २१ उत्तीर्ण ,गोल्डेन फ्यूचर एजुकेसन फाउन्डेसन कचनकवल-६ (बनियानी) बाट २४ सहभागीमा ११ उत्तीर्ण ,कचनकवल विद्या मन्दिर मावि कचनकवल-६ (बनियानी) बाट ३८ सहभागीमा ३० उत्तीर्ण ,मेची इङलिस बोर्डिङ स्कुल कचनकवल-४ (केचना) बाट २२ सहभागीमा १६ उत्तीर्ण ,नवज्योति इङलिस स्कुलबाट ७ सहभागीमा १ उत्तीर्ण ,स्वर्णिम शिक्षा सदन मावि कचनकवल-२ (सुकुनाडिगी) बाट ६१ सहभागीमा ३० उत्तीर्ण ,साउथ दीप एकाडेमी कचनकवल-७ (बालुवाडी) बाट १२ सहभागीमा ११ उत्तीर्ण ,विद्या निकेतन मावि कचनकवल-६ (बनियानी) बाट ३८ सहभागीमा २४ उत्तीर्ण भएकाछन्।
कचनकवल गाउँपालिका शिक्षा शाखाले प्रकाशित गरेको नतिजा अनुसार आधारभुत तह कक्षा ८ उत्तीर्ण प्रतिशत एकदमै न्यून रहेको देखाएको छ।सामुदायिक विद्यालयको नतिजा मात्रै होइन सँस्थागत विद्यालयको नतिजा पनि कमजोर रहेको पाईन्छ ।
समग्रमा कचनकवलको शिक्षाको स्तर खस्निका पछाडि मुख्य रुपमा विद्यालयमा बिषयगत शिक्षकको अभाव,विद्यालयमा गरिने नाममात्रको आन्तरिक मुल्यांकन ,नजिकै मावि सञ्चालित विद्यालय भएपनि रहरै रहरले सञ्चालित कक्षा आठ ,तल्लो कक्षाबाट विद्यार्थीलाई माथिल्लो कक्षा चढाउन गरिने उदारकक्षोन्नति,शिक्षक-विद्यार्थी अनुपातमा देखिएको असन्तुलनका मुख्य समस्या नै सामुदायिक विद्यालयको नतिजा खस्किनुको मुख्य कारण रहेको पाईन्छ ।
झट्ट हेर्दा कमजोर नतिजाले शिक्षक ,अभिभावक ,विद्यार्थीमा नैराश्यता उत्पन्न गराएपनि समग्रमा आगामी शैक्षिकसत्रमा विद्यार्थीको स्तर माथि उठाउने मुख्य अस्त्र भर्खरै प्रकाशित नतिजा भएकोले शिक्षक ,अभिभावक र विद्यार्थीहरुले विद्यालय तहलाई सामान्य रुपमा लिईदै आएको गलत भास्यलाई चीर्ने अवसरका रुपमा लिँदै आगामी शैक्षिकसत्रमा तल्लो तह कक्षा ५ र कक्षा ३ लाई समेत जस्ताको तस्तै नतिजा प्रकाशन गर्ने हिम्मत जुटाउँदै शैक्षिक गुणस्तर वृद्धिमा आवश्यक कदम चलाउने हिम्मत स्थानीय सरकारले लिने हो भने सुधारका लागि भर्खरै सार्वजनिक नतिजा सबै पक्षलाई ठुलो अवसर बन्छ।