बेइजिङ, चीन - चीनले पहिलो पटक दिउँसोको उज्यालोमा लेजर प्रविधिको प्रयोग गरी पृथ्वी र चन्द्रमाबीचको दूरी सफलतापूर्वक मापन गर्न सफल भएको छ। वैज्ञानिकहरूद्वारा गरिएको यो उपलब्धि विज्ञान र प्रविधिको क्षेत्रमा एक महत्वपूर्ण क्रान्तिकारी कदमको रूपमा लिइएको छ।


वैज्ञानिकहरूले सामान्यतया यस्ता लेजर मापनहरू रातको अँध्यारोमा गरिँदै आएकोमा, चीनले यसपटक दिनको उज्यालोमै परीक्षण गर्दै सफलता प्राप्त गरेको छ।
यस प्रविधिको सफल प्रयोगले भविष्यमा अन्तरिक्ष अन्वेषण, चन्द्रमा सम्बन्धी अनुसन्धान, र पृथ्वी-चन्द्रमा सम्बन्धको अझ सटिक अध्ययनमा ठूलो सहयोग पुर्याउने विज्ञहरू बताउँछन्।
चीनको यो प्राविधिक सफलतालाई विश्वकै पहिलो उज्यालोमा गरिएको पृथ्वी-चन्द्रमा लेजर दूरी मापनका रूपमा लिइँदैछ, जसले चीनको अन्तरिक्ष अनुसन्धान क्षमतामा थप उचाइ थपेको छ।