भद्रपुर, झापा – सम्पूर्ण बामपन्थी, प्रगतिशील तथा देशभक्त विद्यार्थीहरुलाई एकजुट गर्ने उद्देश्यले अखिल (क्रान्तिकारी) इकाईको भेला मेची बहुमुखी क्याम्पस, भद्रपुरमा आयोजना हुने भएको छ।


भेलाको आयोजना २०८१ बैशाख २६ गते मेची क्याम्पसको सभाहलमा बिहान १० बजेबाट शुभारम्भ हुने बताइएको छ।
उक्त भेलाको आयोजक अखिल (क्रान्तिकारी) मेची क्याम्पस रहेको छ। कार्यक्रममा क्रान्तिकारी विचारमा विश्वास राख्ने विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।