झापा । कचनकवल गाउँपालिका वडा नम्बर २ (पथरिया बजार) स्थित मित्तल चिया बगान बीचको राजमार्ग दायाँबायाँ छेउमा लगाईएका सजिवन र अरंडीको बिरुवा त देख्नु भएको होला तर धेरैलाई यो बिषयमा ज्ञान नभएको हुनसक्छ ।
स्थानीय बोलीचालीको भाषामा कदम भनिने बिरुवाको प्रवर्द्धन नेपाली जनताको लागि वरदान बनाउन सकिन्छ । नेपाल कृषि प्रधान देश हो, जहाँ अधिकांश मानिसको जीवनयापन खेतीपातीमा निर्भर छ। बदलिँदो समयसँगै परम्परागत खेतीबालीका विकल्प खोज्ने प्रयास भइरहेका छन्। यस्तै सम्भावनायुक्त खेतीहरूमा अरँडी र सजिवन मुख्य आकर्षणका रूपमा देखा परिरहेका छन्। यी दुबै बोट औद्योगिक र औषधीय महत्त्वका कारण विश्वभर लोकप्रिय छन्। नेपालमा पनि तिनको खेतीले आर्थिक र पर्यावरणीय फाइदा दिलाउन सक्ने सम्भावना छ।
ब्यावसायिक सजिवन र अरंडी खेतीका अन्तर्राष्ट्रिय अभ्यास :
अरंडी र सजिवन खेतीको व्यवसायिक उत्पादन नाइजेरिया ,अफ्रिका ,घाना ,केन्या ,क्यामरुन ,दक्षिण अफ्रिका र जाम्बियामा अत्यन्त लाभदायक र फाइदाजनक उत्पादन गरिएको पाईन्छ । यसको ठूलो बजार माग र आपूर्ति श्रृंखला विस्तार गर्न सक्ने क्षमताका कारण नेपालमा व्यवसायीक सजिवन र अरंडी खेतीको सुरु गर्न उपयुक्त विकल्प बन्नसक्छ ।
नाइजेरियाले हरेक वर्ष ३० अर्ब नाइरा भन्दा बढी मूल्यको अरंडी र सजिवन तेल आयात गर्छ, जबकि यहाँ उर्बर भूमि र यसको खेतीका लागि उपयुक्त हावापानी छ। यो स्पष्ट छ कि धेरै कम व्यक्तिहरूले कृषि क्षेत्रको अवसरलाई सदुपयोग गरेका छन्।
अरंडी र सजिवनका बीउबाट निकालिने तेल औद्योगिक उत्पादन ,सौन्दर्य सामग्री ,औषधि र स्नेहक (lubricant) उत्पादनमा प्रयोग हुन्छ।
सजिवन र अरंडी तेलको प्रयोगका क्षेत्र :
१. औद्योगिक प्रयोग:
*एभिएशन इन्धन: अरंडी र सजिवन तेलबाट बायोफ्युल र एभिएसन इन्धन तयार गरिन्छ।
*स्नेहन: अरंडी र सजिवनलाई मेसिनरी र इन्जिनका लागि स्नेहक (lubricant) को रूपमा प्रयोग गरिन्छ।
*रंग र वार्निस: अरंडी र सजिवन तेललाई पेन्ट ,वार्निश र पालिस बनाउने क्रममा यसलाई प्रयोग गरिन्छ।
*प्लास्टिक र केमिकल्स: अरंडी र सजिवन प्लास्टिक ,नायलन र अन्य पोलिमर उत्पादनमा यसलाई कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ।
*साबुन र डिटरजेण्ट: अरंडी र सजिवन तेलबाट गुणस्तरीय साबुन र डिटरजेण्ट उत्पादन गरिन्छ।
२. स्वास्थ्य र सौन्दर्य क्षेत्रमा प्रयोग:
*औषधि: अरंडी र सजिवनको तेल कब्जियतको उपचार ,छालाका रोग ,घाउ निको पार्ने र एन्टी-ब्याक्टेरियल गुणका लागि प्रयोग गरिन्छ।
*सौन्दर्य प्रसाधन: अरंडी र सजिवन क्रीम ,लोशन ,लिपस्टिक र हेयर प्रोडक्ट्समा प्रयोग गरिन्छ।
*मसाज तेल: अरंडी र सजिवन तेलले छालालाई नरम बनाउँछ र तनाव कम गर्न सहयोग गर्छ।
३. कृषि क्षेत्र:
*प्राकृतिक कीटनाशक: अरंडी र सजिवन तेललाई कीटनाशकको रूपमा प्रयोग गरिन्छ।
*मल: अरंडी र सजिवन तेल उत्पादनपछि बाँकी रहेको "अरंडी र सजिवन पिना(केक)" मलका रूपमा प्रयोग गरिन्छ।
४. खाद्य क्षेत्र:
*फूड एडीटिभ्स: खाना र पेय पदार्थमा स्वाद बढाउन आवश्यक मात्रामा प्रयोग गरिन्छ।
*प्याकेजिङ: खाद्य सामग्रीको प्याकेजिङमा प्रयोग गरिने पदार्थ उत्पादनमा प्रयोग गरिन्छ।
५. अन्य प्रयोग:
*रबर उद्योग: रबर उत्पादनमा यसलाई प्रयोग गरिन्छ।
*फार्मास्युटिकल्स: विभिन्न औषधिको उत्पादनमा सहायक तत्वका रूपमा।
*बायोडिजेल: अरंडी र सजिवन तेलबाट बायोडिजेल बनाइन्छ।
अरंडी र सजिवन तेलको बहुउपयोगी प्रकृतिका कारण यसको विश्वभर उच्च माग छ।
अरंडी र सजिवन खेतीका विशेषताहरू :
१.जलवायु र माटो: अरंडी र सजिवन मध्यम गर्मी र सुख्खा वातावरणमा फस्टाउँछ। नेपालका तराई र मध्यपहाडी क्षेत्रमा यसको खेती उपयुक्त मानिन्छ।
२.आर्थिक फाइदा: अरंडी र सजिवनको बीउ र तेलको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ, जसले किसानहरूको आय बढाउन सक्छ।
३.चुनौतीहरू: अरंडी र सजिवनको खेतीबारे ज्ञानको अभाव र बीउ उत्पादनको व्यावसायिक प्रक्रियाको अनुसन्धान नेपालको लागि नयाँ विषय हो।
४.सुख्खा क्षेत्रमा उपयोगी: अरंडी र सजिवन कम पानीमा पनि राम्रो उत्पादन दिन्छ।
५.औद्योगिक महत्त्व: अरंडी र सजिवन तेलबाट बायोडिजेल उत्पादनसँगै यसका पात ,बोक्रा र बीउ विभिन्न औषधीय प्रयोजनमा प्रयोग हुन्छन्।
६.पर्यावरणीय योगदान: अरंडी र सजिवन खेतीले माटोको कटानी रोक्न र हरियाली बढाउन योगदान पुर्याउँछ। सजिवन (Jatropha curcas) प्रायः बाझो वा कम उपजाउ जमिनमा पनि राम्रोसँग फस्टाउँछ। यसका बीउबाट बायोडिजेल उत्पादन गरिन्छ, जुन इन्धनको दिगो विकल्प हो।
नेपालमा सम्भावनाहरू :
१.बाझो जमिनको उपयोग: अरंडी र सजिवनको बिरुवाले बाँझो जमिनलाई उत्पादक बनाउन उपयोगी छ।
२.रोजगारी सिर्जना: तेल प्रशोधन उद्योग स्थापना गरी स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।
३.जैविक इन्धन उत्पादन: अरंडी र सजिवनबाट उत्पादन हुने बायोडिजेलले नेपाललाई पेट्रोलियम आयातमा निर्भरता घटाउन मद्दत पुर्याउँछ।
नेपालमा चुनौतीहरू :
१.तकनीकी ज्ञानको र अनुसारको कमी: किसानहरूमा आधुनिक प्रविधिबारे जानकारीको अभाव।
२.बजारको व्यवस्था: तेल र अन्य उत्पादनहरूको स्थायी बजारको अभाव।
३.सरकारी नीतिको अभाव: अरंडी र सजिवन खेतीका किसानलाई प्रोत्साहन गर्ने ठोस नीति र सहुलियत कार्यक्रमको कमी।
सरकारी पहल र निजी क्षेत्रको भूमिकाको वर्तमान अवस्था :
नेपाल सरकारले जैविक इन्धन उत्पादनका लागि नीति तथा योजना अघि सार्नु आवश्यक छ। साथै, निजी क्षेत्र र सहकारी संस्थाहरूले किसानहरूलाई प्राविधिक तालिम र लगानीमा सहयोग गर्न सक्छन्।
सम्पादकको निष्कर्ष :
अरँडी र सजिवन खेतीले नेपालमा आर्थिक र पर्यावरणीय सुधार गर्न महत्वपूर्ण योगदान दिन सक्छ। सही योजना ,प्रविधिको हस्तान्तरण र सरकारी प्रोत्साहनले यी खेतीहरूलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिन्छ। यसले न केवल किसानहरूको जीवनस्तर उकास्नेछ, तर दिगो विकासका लक्ष्यहरूमा पनि योगदान पुर्याउने भएकोले नजिकैको स्थानीय सरकारले सबैभन्दा बढी ध्यान पुर्याउनु पर्छ।