बिर्तामोड, झापा - नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा.लि. (NEC) ले आफ्नो नयाँ अलैँची प्रशोधन केन्द्रको उद्घाटन गरेको छ। 

नेपालको मसला उद्योगलाई रूपान्तरण गर्दै उच्च गुणस्तरीय हिमाली अलैंची तथा मसला अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नको लागि उद्योगले नयाँ आयाम थपेको छ।

युएसएआईडीको ट्रेड एण्ड कम्पेटिटिभनेस प्रोग्रामको सहयोगमा NEC ले अत्याधुनिक प्रशोधन मेशिनरी स्थापना गरि “एभरेस्टशान" ब्रान्ड अन्तर्गत ३० नयाँ मूल्यवर्धित उत्पादनहरू बजारमा ल्याउने तयारी गरेको छ। यो साझेदारीले भारतको सीमाभन्दा बाहिर ,खाडी मुलुक ,अष्ट्रेलिया ,युरोपियन युनियन र संयुक्त राज्य अमेरिकाजस्ता अन्तर्राष्ट्रिय बजारहरूमा यी नयाँ उत्पादनहरूको प्रवर्द्धनका लागि रणनीतिक अभियान सुरु गर्न सक्षम बनाएको बताईएको छ।Screenshot_20241119_102325_Gallery

नयाँ प्रशोधन केन्द्रले नेपालको अलैंची उद्योगलाई रूपान्तरण गर्दै नयाँ निर्यात अवसरहरू सिर्जना गर्ने ,रोजगारी वृद्धि गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली मसालाको नाफा र पहिचान बढाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउनेछ।

नेपाल ठूलो अलैंचीको विश्वकै सबैभन्दा ठूलो उत्पादक हो, जसले विश्व उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्छ । तर हालसम्म नेपाली अलैंचीको करिब ९५ प्रतिशत कच्चा रूपमा निर्यात हुने भएकाले यसको नाफा र वैश्विक मान्यता सीमित छ। यो नयाँ केन्द्रले कालो अलैंचीको प्रशोधन गरी आवश्यक तेल ,माउथ फ्रेशनर र विभिन्न मसलाहरू उत्पादन गर्नेछ।

“युएसएआईडी र NEC बीचको साझेदारीले नेपालको कृषि निर्यातको सम्भावना कसरी खुलाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्छ,” प्रवक्ता जेसन सुकले भन्नुभयो। "उन्नत प्रशोधन क्षमता र लक्षित बजार अभियानहरूसँगै नेपालको अलैँची क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा वृद्धि र पहिचान प्राप्त गर्नेछ ।”

“हाम्रो साझेदारी र मूल्यवर्धित उत्पादनहरूका साथ यो ठूलो कदम हो। यसले हामीजस्ता प्रशोधनकर्ता र व्यापारीलाई उच्च मूल्यका उत्पादनहरूका साथ अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न

प्रेरित गर्नेछ। यसले हाम्रो आम्दानी र नेपाली अलैंचीको वैश्विक उपस्थिति दुबैलाई वृद्धि गर्नेछ,” NEC का प्रमुख कार्यकारी अधिकृत प्रज्वल बिमलीले भन्नुभयो।

सन् २०२१ मा स्थापना भएको NEC उच्च गुणस्तरीय हिमाली मसला विश्वव्यापी उपभोक्तालाई उपलब्ध गराउन प्रतिबद्ध छ। यस उद्योगबाट उत्पादित सामानहरुमा ८०% स्थानीय कच्चा पदार्थको प्रयोग हुने तथा २०% कच्चा पदार्थ मात्र विदेशबाट आयात गर्ने र आफ्नो "एभरेस्टशान" ब्रान्डमार्फत कम्पनीले नेपालको पाककला परम्पराको सम्मान गर्दै नवाचारलाई प्रोत्साहित गर्दै मसला उद्योगमा नयाँ मापदण्ड स्थापना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय खगेनसिंह हाङ्गाम तथा अन्य सरकारी निकायका प्रतिनिधिहरु ,नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ,नेपाल अलैंची व्यवसायी महासंघ ,टी.ई.पी.सी. ,नेपाल अलैंची विकास केन्द्र ,कृषि प्रशोधन उद्योगहरू र अन्य प्रमुख सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।