कचनकवल।आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।बिधुत आपूर्ति अवरुद्धका कारण निर्धारित समयभन्दा केही घण्टा ढिलाइका बीच कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिह राजवँशीले गाउँसभाको १५औँ अधिवेशनमा आज वाचन गर्नुभएको स्थानीय सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य २३ वटा नीति तथा कार्यक्रम यस्ता रहेका छन् ।

१.स्वास्थ्य सम्वन्धी नीति : 'स्वास्थ्य सेवाको विस्तार : पालिका जिम्मेवारी ' नाराका साथ कचनकवल गाउँपालिका-६(बनियानी) को निर्माणाधीन १५ शैयाको अस्पताल यसै वर्षबाट सञ्चालनमा ल्यनईने।अर्धवार्षिक रुपमा प्रत्येक वडाका जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको नियमित स्वास्थ्य परीक्षण गरिने।प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा अक्सिजन प्लान्ट ,भेन्टिलेटर र अल्ट्रासाउन्ड सेवाहरु सञ्चालन गरिने।Screenshot_20240624_182812_Gallery

२.शिक्षा सम्बन्धी नीति : 'शैक्षिक क्षेत्रमा पहुँचको विस्तार : कचनकवलवासीको अधिकार ' नाराका साथ गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण माद्यामिक विद्यालयहरुमा छात्रा स्वास्थ्य परामर्श सेवा केन्द्रको स्थापना गरिने।गाउँपालिका भित्र माद्यामिक तह सम्मको मुस्लिम विद्यालय सञ्चालनमा ल्याईने।प्राविधिक जनशक्ति उत्पादनका लागि ३ वटा माद्यामिक विद्यालयमा पाईलट प्रोजेक्ट सञ्चालन गरिने। सरकारी सँघ सँस्था र विद्यालयका जग्गा दाताहरुलाई सम्मान गरिने। प्राविधिक बिषयमा माद्यामिक तहमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने।गाउँपालिका भित्र राहत दरबन्दीमा कार्यरत शिक्षकको अनिवार्य अवकाश भएमा सम्मानजनक विदाई गरिने।धार्मिक शिक्षालाई क्रमिक रुपमा विद्यालय शिक्षाको मान्यता प्रदानगर्ने गरि पठनपाठन सञ्चालन गरिने। कचनकवलकै एकमात्र सामुदायिक लक्ष्मी क्याम्पसको शैक्षिक सुधारका लागि १ थान स्कुल बस प्रदान गरिने। कचनकवल गाउँपालिका भित्र कम्तीमा एउटा प्राविधि मैत्री विद्यालय स्थापना गरि सञ्चालन गरिने।Screenshot_20240624_183150_Gallery

३.कृषि तथा पशु विकास सम्बन्धि नीति : 'कृषक र उद्धमी : कचनकवलका सारथि, नारा साथ अध्यक्ष कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गरिने।रेबिज रोग बिरुद्ध कम्तीमा बर्षमा दुई पटक शिविर सञ्चालन गरिने। रैथाने अन्नवाली सँरक्षण र सम्वर्धनमा जोड दिईने।उत्पादनसँग कृषक कार्यक्रम अन्तर्गत डिप बोरिङ सिचाइ महसुल शतप्रतिशत छुट दिईने।जङ्गली हात्ती नियन्त्रणका लागि सामुदायिक वन र पालिका साझेदारी कार्यक्रम सञ्चालन गरिने।Screenshot_20240624_183200_Gallery

४.रोजगारी तथा सीप विकास सम्बन्धि नीति : साना तथा घरेलु उद्योगले उत्पादन गरेका सामाग्री, महिला उद्यमीका उत्पादन आदिको ब्राण्डीङ प्याकेजिङ र बजारीकरणका लागि सहयोगुे सहजीकरण गरिने।अनलाइन बजारीकरण व्यवसाय सञ्चालन गर्न चाहने नागरिकहरुलाई प्रविधिको तालिम तथा प्रविधि निर्माणमा सहजीकरण गरिने।Invest For Brain कार्यक्रम लागू गरी स्मार्ट नागरिकका लागि शिक्षा तथा क्षमता विकासमा लगानीलाई निरन्तरता दिइने।कलेज तथा स्कुलका विद्यार्थीहरुका लागि ‘Internships and On the Job Trainings (OJTs)' को रूपमा कार्य गर्नको लागि कृषि कलेजहरूसँग सम्झौता पत्र गरिने।Screenshot_20240624_183437_Gallery

५.पर्यटन सम्वन्धी नीति : कचनकवल स्तम्भलाई पालिका गौरवको आयोजनाको रुपमा संचालन गरिने।नेपालको सबैभन्दा होचो भूभाग कचनकवल लाई CAN Model मा Wonderful Nepal's Lowest Place of KachanKawal भन्ने नारालाई साकार पार्न प्रर्वद्धनका लागि सूचना सम्प्रेषण, क्षमता अभिवृद्धि,

पूर्वाधार विकास र पहुँच विस्तारजस्ता कार्य सञ्चालनलाई निरन्तरता दिइने।यस पालिकापालिका भित्रका जातिगत पर्व, लोपोन्मुख बाजा, संस्कार, भेषभुषा, संस्कृतिको संरक्षणको लागि संग्राहलय निर्माण गर्ने नीति अवलम्वन गरिने।जैविक विविधताले भरिपूर्ण भएको जलथल जंगलको संरक्षण र सम्बर्धन गरी पर्यटनलाई आकर्षित गर्ने कार्यक्रम संचालन गरिनेछ।“पालिकाको गौरव, कचनकवलको दिगो विकास संरक्षण र संवर्धनको चाहना : आम कचनकवलवासीको सपना” भन्ने नारालाई सार्थकता दिईने।

६.उद्योग तथा श्रम सम्बन्धी नीति : कृषि तथा गैरकृषि उत्पादन, प्रशोधन, रोजगारी सिर्जना र स्थानीय समृद्धिको आधारको रुपमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुलाई अभियानको रुपमा विस्तार गरिनेछ।स्थानीय वस्तुको उपभोग र उत्पादनमा जोड दिई कृषिजन्य वस्तुको प्रशोधनमा केन्द्रित उद्योग स्थापना गरिने।

७.युवा तथा खेलकूद सम्बन्धि नीति : नवयुवाको जोश र ज्ञान : कचनकवलको भविष्यको शान भन्ने नारालाई मनन गरी खेलकूद क्षेत्रको विकास,पूर्वाधारको निर्माण, सिकाई, प्रतियोगिता आदिको आयोजना निरन्तर गरिने। पालिकामा अवस्थित लक्ष्मी रँगशालालाई पूर्वाधारयुक्त सुविधा सम्पन्न रंगशाला निर्माणका लागि प्रदेश तथा सँघीय सरकारको सहयोगमा निर्माण कार्यलाई निरन्तरता दिईने। खेलकुद एवं सामाजिक विकासमा युवा भन्ने नाराका साथ स्वयंसेवी युवा अभियान सञ्चालन गर्न युवाको नेतृत्व युवाको अभियान जस्ता कार्यक्रम सञ्चालन गरिने।

८.सहकारी तथा अन्य वित्तीय क्षेत्रसँग सम्वन्धी नीति : सामूहिक भावना बोकेका पालिका स्थित सहकारी संस्थाहरुको सिद्धान्त तथा मर्म अनुरुप सहकारी मार्फत स्थानीय तहमा उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि अनुगमन, नियमन, विस्तार, प्रशिक्षण सम्बन्धी कार्यक्रम संचालन गरिने।एक सहकारी एक सदस्यको नीतिलाई पालिका भित्रका सहकारीहरुमा लागु गरिने छ।

९.सामाजिक विकास सम्वन्धी नीतिहरु : भिन्न क्षमता भएका व्यक्तिहरु, महिला, दलित, विपन्न, बहिष्करणमा परेका समुदायहरुका लागि चेतनामूलक कार्यक्रम विस्तार गरिने। लोपोन्मुख जातिहरु माझी, कुमाल, कर्मकार चमार मेचे सरदार दलित, गन्धर्वहरु आदि विपन्न वर्गहरुको लागि विशेष कार्यक्रम ल्याईनुका साथ उनीहरुको परम्परागत पेसा, कला र संस्कृतिको संरक्षण गरिने।आर्थिक सामाजिक रुपले विपन्न वर्गमा समावेश गरी आय आर्जन, गरीवी न्युनीकरण, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई विशेष प्राथमिताका साथ अगाडि बढाईने।यस गाउँपालिका क्षेत्रभित्र बसोबास गरिरहेका गन्धर्व जातिको उत्थान तथा क्षमता विकासको लागि कार्यक्रम संचालन गरिने।स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूको क्षमता विकास अन्तर्गत Knowledge Sharing Forum सञ्चालन गरिने।गाउँपालिकाको प्रशासनिक केन्द्र तथा प्रत्येक वडा कार्यालयमा स्तनपान कक्ष स्थापना गरिने।लागु औषध नियन्त्रणका लागि प्रहरी संगको सहकार्यमा सचेतना कार्यक्रम संचालन गरिने।प्रत्येक परिवारलाई न्युनतम २० युनिट सम्म मात्र विद्युत खपत गर्ने परिवारलाई विद्युत निशुल्क गरिने।बाल मैत्री पालिका घोषणा कार्यक्रम संचालन गरिने।पालिकाको शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न पलिकाको मुटुमा रहेको ईलाका प्रहरी कार्यालय बनियानी स्तरवृद्धिगरि क श्रेणीको ईलाका प्रहरी चौकी स्थापना गर्न पालिकाको आन्तरिक श्रोत बाट सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि जग्गा खरिद प्रक्रिया अगी बढाईने।अपाङ्गताको क्षेत्र अटिजमको लागि श्रोत केन्द्र संचालन गर्नका लागि अन्तरपालिका संग सहकार्य गर्ने नीति अवलम्बन गरिने।घर-घरमा जन्मदर्ता तथा मृत्युदर्ता कार्यक्रम संचालन गरिने।सार्वजनिक संरचनाहरुमा अपाङ्गता मैत्री बनाईने नीति लिईने।जिर्ण अवस्थामा रहेका प्रहरी चौकीहरुको क्रमागत स्तर उन्नति एवम निर्माण गर्न संघीय सरकार संग सहकार्य गरिने।बनियानी बजार लगायतका अन्य बजार क्षेत्रमा उज्यालो बजार कार्यक्रम संचालन गरिने।

१०.खानेपानी सम्वन्धी नीतिहरु : खानेपानीको स्रोत संरक्षण तथा उपयुक्त पुर्वाधार विकास गरी Water Governance मा केन्द्रित रही खानेपानीको आपुर्ति व्यवस्था मिलाइने।सिंचाइ योजनालाई ब्यवस्थित गर्नुका साथै नयाँ खानेपानी विस्तार गर्दा भूमिगत पानीका लागि डिप बोरिङमार्फत गर्ने नीतिलाई निरन्तरता दिइने।

११.संस्कृति प्रवद्र्धन सम्वन्धी नीति : माझी, दलित, गन्धर्व, मेचे, राजवंशी, मुस्लिमहरुको संस्कृति संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने।विभिन्न जाति र भाषीको साँस्कृतिक सम्पदाको अध्ययन तथा तथ्याङक संकलन गरी डकुमेन्ट्री निर्माण गरिने।स्थानीय संस्कृति तथा सम्पदा विचलन पुर्याउने सवैखाले अवाञ्छित गतिविधिलाई रोकथाम, नियन्त्रण र नियमन गरिने।प्राचीन इतिहास तथा मिथक बोकेका चौतारा, धारा, पाटीपौवा तथा पोखरीहरुको पुनर्निमार्ण तथा जीर्णोदार गरिने।भूतेश्वर शिवालय संरक्षण क्षेत्रमा धार्मिक सङ्ग्रहालय निर्माण गरिने।

१२.पूर्वाधार विकास सम्वन्धी नीति : पालिकाका महत्वपूर्ण योजना कचनकवल केचना झिल मुख्य सडक बडोकेचना भुतेश्वर शिवालयको बृस्तृत परियोजना प्रस्ताव (DPR) तयार गरि प्रदेश सरकार संघीय सरकार र गैर सहकारी संस्था र साझेदार एवम दात्री निकाय बाट योजना संचालन गर्ने व्यवस्था मिलाईने।कृषि उत्पादन वृद्धि गर्न कृषि सिचाईका लागि विधुत विस्तार कार्यक्रम लागू गरिने। सडकको दायाँ बायाँ वृक्षारोपन हरियाली प्रवद्र्धन कार्यक्रम सन्चालन गरी हरित शहरको रुपमा विकास गरिने।पालिका जोड्ने तथा बजार प्रवर्धन गर्ने सडकको स्तरउन्नति गर्दै उत्त्पादन लाई बजार जोड्ने नीति अवलम्बन गरिने।स्थानीय तह प्रदेश संघीय सरकार विचको समन्वयमा ठुला तथा गौरवका योजना कार्यान्वयनमा जोड दिईने। पालिकाको सवै वडाहरुमा ठूला योजनाहरु सडक, खानेपानी, सिञ्चाई एवं अन्य पूर्वाधार निर्माण गरि व्यवस्थित रुपमा कार्य गरिने। पालिकाभित्रका पूर्वाधार निर्माण गर्दा वडास्तरीय, पालिकास्तरीय र प्रदेश तथा संघस्तरीय योजना गरी तीन तहमा वर्गीकरण गरी कार्यान्वयन गरिने।साना तिना भैपरी आउने पूर्वाधार निर्माण तथा मर्मत सम्भार गर्नका लागि पालिकास्तरीय मर्मत सम्भार कोषमा रकम विनियोजन गरिने।साना तथा बजार मागमा आधारित कृषि तथा घरेलु उद्योग साना उत्पादन मुलक व्यवशाय मार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लीईएको।“पालिकाको मुटु बनियानी बजार, आर्थिक समृद्धि सहितको बजारको पूर्वाधार विकास हाम्रो अभियान” नारालाई सार्थकता दिइने।"कचनकवल पालिका बासीको गौरव २०८१ मा सुरुवात हुनेछ दिगो विकास” अभियान संचालन गरिने।पालिकाबाट ठेक्का लागेका विकासका आयोजनाहरु तोकीएको समयमा सम्पन्न नगर्ने निर्माण व्यवसाहिहरुलाई सार्वजनिक खरिद ऐन बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडी बडाई उक्त आयोजनाहरु पालिका मार्फत ठेक्का वा उपभोक्ता समिति बाट निर्माण कार्य गर्ने व्यवस्था मिलाइने।तराई मधेश सम्वृद्धि कार्यक्रम अन्तर्गत बनियानी बजार व्यवस्थापनको लागि तपसिल बमोजिम कार्यक्रम संचलान गरिने।तपसिल :

१. घिमिरेको घर बाट बजार तिर जाने बाटो गरिमा बैंक सम्म पेबल्स निर्माण गरिने।

२. दिल बहादुर कार्कीको घर हुँदै बजार पस्ने सडकमा पेबल्स बिछ्याउने कार्य गरिने।

३.६ नं. वडा कार्यालयबाट उत्तर लक्ष्मी मा.वी. पछाडी मेनरोड सम्म पेबल्स बिछ्याउने कार्य गरिने।

१३.भवन तथा शहरी विकास सम्वन्धी नीति : यस पालिकावाट पास गरिने नक्साहरुलाई Electronic Building Permit System गरी नक्सा पास प्रक्रियालाई अनलाईन सेवामा आवद्ध गरिने।सम्पूर्ण बजारहरुमा सार्वजनिक शौचालयको निर्माण गरिने।पुराना घरहरुको अभिलेखीकरण कार्यको लागि प्रोत्साहन गरिने। 

१४.सूचना प्रविधि तथा सञ्चार सम्वन्धी नीतिहरु : स्थानीय संचार माध्यमहरुको कार्यसम्पादन र प्रभावकारिताको आधारमा साझेदारीको नीति अवलम्वन गरिने।

१५.वन, वातावरण, भूमि तथा भू संरक्षण सम्वन्धी नीति : जैविक प्रविधि (Bio- Engineering) माजोड दिई सडक, खोला खोल्सामा वृक्षारोपण, बाँस रोपण, रुख तथा बाँसद्धारा तटवन्धन, वृक्षरोपण आदि कार्य गरिने छ।वातावरण संरक्षणका लागि अन्य सरकारी निकाय र विकास साझेदारसँग समन्वय गरी कार्य अगाडि वढाईने।उपभोक्ता वन समूहहरुसँगको सहकार्यमा जैविक विविधता संरक्षण, पर्यावरण, वातावरण संरक्षण, तथा कार्वन उत्सर्जन नियन्त्रण तथा दिगो विकासको लक्ष्य हासिल गर्न तथा आय आर्जनको क्षेत्रमा कार्य गर्न उपभोक्ता वन समूहहरुसँग रहेको कोषको परिचालनलाई प्रभावकारी बनाउन सहकार्यको नीति अबलम्बन गरिने।भूक्षय तथा नदि कटान कार्यलाई नियन्त्रण गर्न नदि नियन्त्रण तथा वृक्षरोपण कार्यक्रम, नदि उकास जमिनको संरक्षण र सम्बर्धन गर्ने कार्य गरिने।पालिकाको फोहोर मैला को दिर्घकालिन व्यवस्थापनको लागि दिर्घकालिन फोहोरमैला व्यवस्थापन नीति निर्माण गरि फोहोरमैला व्यवस्थापन क्षेत्रको पहिचान गरियो वातावरण अध्ययन प्रतिवेदन तयार पारिने।

१६.सरसफाई तथा विपद व्यवस्थापन सम्वन्धी नीतिहरु : तोकिएका मापदण्ड बाहेकका प्लाष्टिक उत्पादन र प्रयोगमा प्रतिबन्ध र प्लाष्टिकजन्य पदार्थ पुनः प्रयोगको नीति अवलम्बन गरिने।वैकल्पिक उर्जाको रुपमा सौयै उर्जा, शून्य फोहोर मैलाको रुपमा बायो ग्याँसको विकास गरिने छ साथै नविकरणीय उर्जाको प्रयोगमा जोडदिने नीति अवलम्बन गरिने। विपद व्यवस्थापनका लागि विभिन्न संघ तथा सरकारसँग सहकार्य गरी साझेदारीमा प्रभावकारी रुपमा संचालन गर्ने नीतिलाई निरन्तरता दिइने।

१८.सामाजिक उतरदायित्व सम्वन्धी नीतिहरु : लोकतन्त्र, विधिको शासन तथा जननियन्त्रित कार्यप्रणालीलाई सम्मान गरिने।न्यायमा जनताको पहुँच अविवृद्धि गर्न गाउँ टोल स्तरमा कानुनी सचेतना कार्यक्रम, मेलमिलाप कर्ता उत्पदन तालिम, न्यायिक समितिको क्षमता विकास, अनुभव आदनप्रदान तथा मेलमिलाप कर्ताहरुको क्षमता विकास कार्यक्रम संचालन गरिने।

१९.मानव पुँजी विकास तथा संस्थागत क्षमता विकास सम्वन्धी : पालिकाको प्रशासनिक तथा सांगठनिक संरचना र संस्थागत प्रणालीलाई चुस्त दुरुस्त, विश्वसनियता, क्षमतायुक्त र प्रभावकारी वनाउदै अत्यावश्यक रिक्त दरवन्दीहरुमा प्रचलित कानुन अनुसार पदपूर्ति गरिने।सुशासन तथा संस्थागत विकासको लागि आवश्यक कानून, नियम, विनियमावली, कार्यविधि निर्माण गरी आदेशको एकात्मकता (Organizational Chain Of Command ) कायम गरिने।पालिका र वडाका सवै कर्मचारीहरुको कार्य विवरण अनुसार कार्यसम्पादन गरिने छ र मासिक रुपमा कार्य प्रगतिको प्रतिवेदन पेस गर्ने व्यवस्था गरिने।लक्ष्य तथा नतिजामा आधारित कार्यसम्पादन सम्झौता ( Result Based Performance ) को शुरुवात गरिने।पालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राहीमैत्री तुल्याउन डिजिटल शासन (Digital Governance) मा जोड दिईने।

२०.राजस्व परिचालन सम्वन्धी :पालिकाको आर्थिक रणनीति तयार गरि समृद्धि हाम्रै पालामा भन्ने नारा अनुरुप आर्थिक समृद्धिका योजनाहरु तयार गरि लागु गरिने।"जसको योगदान उसको सम्मान कार्यक्रम” मार्फत करदाताको सम्मान गरिने।सबैभन्दा धेरै कर दाखिला गर्ने करदातालाई “उत्कृष्ट करदाताको रुपमा पुरस्कृत गरिनेछ । सबै आर्थिक तथा व्यापारिक क्रियाकलापहरुलाई करको दायरामा ल्याई आन्तरिक आम्दानीको दायरालाई फराकिलो बनाईने।अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसायमा कर छुटको व्यवस्था गरिने।वैज्ञानिक कर प्रणालीलाई व्यवस्थित गरिनेछ करका क्षेत्रको सूक्ष्म अध्ययन गरी दिगो प्रणाली लागू गरी पालिकाको आन्तरिक आय लाई मजबुत गरीने।

२१.सुशासन सम्वन्धी नीतिहरु : “आन्तरिक लेखा परीक्षण” लाई प्रभावकारी बनाई आन्तरिक नियन्त्रण प्रणालीमा सुधार ल्याइने।पालिका कार्यपालिकालाई अत्याधुनिक प्रशासनिक केन्द्रको रुपमा विकास गर्दै बगैचा, विद्युतीय पुस्तकालय, फ्रि वाईफाई सुविधाहरु उपलब्ध गराई सौन्दर्यकरण ( Beautification) गरिने।

२२.युवा विकास सम्बन्धी नीतिहरु : ‘विभिन्न संघ संस्थाहरुको सहकार्यमा युवा केन्द्रित लैङ्गिक समानता र सशक्तिकरण, लागुऔषध दुर्व्यसन,सकारात्मक सोंच, मनोसामाजिक परामर्श जस्ता कार्यक्रम संचालन गरिने।पालिकाभित्र प्रतिभाको पहिचान (Talent Hunt) गर्दै क्षमतावान र कुशल नागरिकहरुलाई दक्ष र योग्यताका लागि लगानी गरिने।

२३.अन्य नीतिहरु : विकासका सिकाई र अनुभव आदन प्रदान तथा भगिनी सम्बन्ध स्थापित गरिने।पालिकाको बौद्धिक सम्पतीको संरक्षणमा जोड दिईने। दिगो विकासका लक्ष्य हासिल गर्दै समृद्ध कचनकवलको विकास गर्न बृहत कचनकवल परियोजना निर्माण गरी कार्यान्वयन गरिने।

अन्त्यमा,

जनाधारको अभिमत र सामाजिक तथा आर्थिक परिवर्तनलाई रुपान्तरणको खाकातिर लैजाने कार्य सोचसहित आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु । प्रस्तुत नीति तथा कार्यक्रम कचनकवलको भविष्यको मार्गदर्शक दस्तावेज हो । पालिकालाई समृद्ध बनाउन सबै पालिकाबासीको आ-आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण भूमिका छ । यो नीति तथा कार्यक्रम सरकारी, गैरसरकारी, निजी, सहकारीलगायत विकासका सबै साझेदार वा पक्षधरको लागि मार्ग चित्र हो । पालिकाको विकास सबैको विकास हो । यसैले विकास निर्माणका काममा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन र रचनात्मक सुझाव, सल्लाह दिन हामी पालिकाबासीलाई हार्दिक आग्रह गर्दछौं । हामीले पालिकाबासीबाट प्राप्त रचनात्मक सुझाव, सल्लाहलाई सधैं आत्मसात गर्नेछौं । विकास निर्माणका काममा हामीहरु सबैको एउटै दृष्टिकोण हुनुपर्छ भन्नेमा हामीहरु दृढ छौं।केन्द्रीय, प्रादेशिक, क्षेत्रगत र स्थानीय योजनाबीच तादाम्यता कायम गरी पालिकाको सर्वाङ्गीर्ण विकास र समृद्धिको स्पष्ट दृष्टिकोण सहितको दीर्घकालिन योजना निर्माणको पथमा हामी छौ । 

प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट उच्चदरको आर्थिक वृद्धि, माहामारीको असर न्यून, सामाजिक आर्थिक क्षेत्र गतिशील भै आर्थिक वृद्धि र पारस्पारिक सम्मान र अवसर सहित सामाजिक न्याय कायम हुनेछ । नीति तथा कार्यक्रम कार्यान्वयनमा सवैबाट सक्रिय सहयोग हुने विश्वास लिएको छु । अन्तमा कचनकवलको समग्र विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, नीजि, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, सञ्चार जगत लगायत सम्पूर्ण दिदिबहिनी दाजुभाई तथा विकास साझेदार संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

                     कालेन्द्रप्रसाद सिंह राजवंशी

                                  अध्यक्ष

               कचनकवल गाउँपालिका,झापा