झापा।दमक माओवादी केन्द्र वडा ४ पुर्वली संगठन सुदृढीकरण अभियानमा विभिन्न पार्टी परित्याग गर्दै १५० युवा माओवादी केन्द्रमा प्रवेश गरेकाछन्।
नेकपा(एमाले) ,नेपाली काँग्रेस पार्टी परित्याग गर्दै ब्यवस्था परिवर्तन विकास र सुशासनको नेतृत्वमा इमान्दार माओबादी केन्द्र नै देखिएकाले जनताले साथ माओवादीलाई नै दिनुपर्ने भएकाले अन्य पार्टीबाट बिद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरुले बताएकाछन्।
डेबड मगर र बावुराम घिमिरेको नेतृत्वमा १५० जना युवा ,जेष्ठ नागरिक र महिलाहरु नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको हो । नवप्रवेशी सदस्यहरूलाई बधाई तथा स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य रन्जित तामाङ ,केन्द्रीय सदस्य हरि राना मगर साथै जिल्ला पार्टी अध्यक्ष राजु आचार्य (अग्नी)ले नव प्रवेशीहरूलाई खादा ओढाएर स्वागत तथा बधाई दिनुभएको थियो।
काजि खबर सँगको कुराकानीमा वाईसीएल केन्द्रीय सचिव डम्बर पुलामी मगर (कर्मा)ले झापामा हिजोको २०६४ सालको पार्टीको बिरासत फर्काउँदै अपार माया र जनसागरको ब्यवस्थापन गर्न आजैबाट युवाहरु फिल्डमा आइसकेकाले २०८४ मा झापाका सबै क्षेत्रमा लाल झण्डा फहराइने र हजारौं युवाहरुलाइ पार्टी सुदृढीकरण अभियानमा जोडिदै लगिने र दिनानुदिन अभियान जनसागरको रुपमा परिणत हुँदै गएको र अब लाखौं जनताको ब्यवस्थापन गर्न हामी अघि बढिरहेको जानकारी गराउनु भएको छ।