दमक।पुर्वेली सँठन सुदृढीकरण अभियान अन्तरगत नेकपा माओबादी केन्द्रले दमक नगरपालिका वडा ३ मा सहिद परिवार भेटघाट तथा स्थानीयलाई उत्पादनमा जोड्दिदै वडाबासीलाई लिची कागतिको बिरुवा वितरण गरिएको छ।
सयौँ जनताको सहभागितामा प्रमुख अतिथि स्वास्थ मन्त्री राजेन्द्र कार्कीद्वारा फलफूलको बिरुवा वृक्षारोपण गर्नुका साथै दमक नगर अध्यक्ष रवि बस्नेतद्वारा समसामयिक स्वास्थ बिषयमा सुझाव सहित ज्ञापन पत्र स्वास्थ मन्त्रीलाई बुझाएका थिए।
दमक नगर ३ वडा कमिटीले गरेको सहिद तथा बेपत्ता परिवार सम्मान,घाइते तथा जनमुक्ति सेनाहरुको सम्मान,जेष्ठ नागरिक अभिनन्दन तथा न्यानो सम्मानको लागि वडा कमिटीलाई धेरै धेरै धन्यवाद दिँदै विशेष अतिथि झापा जिल्ला पार्टी अध्यक्ष राजु आचार्यले मन्तब्य राख्दै पार्टी सुदृढीकरण अभियान पश्चात आगामी दिनमा युवाहरुले पार्टी भित्रका तमाम बेतिथिहरुलाई हटाउँदै राम्रो गर्नेलाई प्रोत्साहन गरिने र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने देखिएको बताएका थिए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका वीरेन्द्र बस्नेतले हाल पार्टीले अघि बढाएको उत्पादन नीतिमा थप जोड दिनुपर्ने बताउनुका साथै अर्का नेता दुर्गा चौलागाँईले इतिहासको स्मरण गर्दै अभियानले पार्टीलाई सुदृढीकरण गर्दै एक ढिक्का बनाउने बिश्वास व्यक्त गरेका थिए। त्यसैगरी वाईसीएल केन्द्रीय सचिव डम्बर पुलामी मगर कर्माले पार्टी भित्र भ्रष्टाचार र अनियमितता फस्टाएको देखिँदै गएकाले यसलाइ आगामी दिनमा युवा शक्तिले निस्तेज पारी पार्टी लाई पुनः जनतासँग जोड्न युवाहरु मैदानमा उत्रिनुको विकल्प नभएकोले अगामी दिनमा पार्टी सुदृढीकरण हुने बिश्वास ब्यक्त गर्दै आम युवाहरुलाई सक्रियताका साथ जनतासँग उत्पादनमा जोडिन आग्रह गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ मन्त्री राजेन्द्र कार्किले स्वास्थ्य क्षेत्रका स्थानीय समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य सन्तोष गौतम तथा नगर इन्चार्ज बेदु गौतम ,नगर अध्यक्ष रवि बस्नेत लगायत सयौं युवायुवती जेष्ठ नागरिकका साथै स्थानीय जनताको बाक्लो सहभागितामा वृक्षारोपण कार्यक्रम भब्य रुपमा समापन भएको जनाईएको छ।