झापा। ने.क.पा.माओवादी केन्द्र दमकले " पुर्वेली संगठन सुदृढीकरण अभियान " दमकको वडा १ बाट पार्टी  केन्द्रीय सदस्य क.अजम्बर राई ( काङवाङ) को प्रमुख आतिथ्यतामा उद्घाटन गरेको छ।

उद्धाटन कार्यक्रममा बिशेष अतिथिको रुपमा जिल्ला पार्टी अध्यक्ष राजुु आचार्य (अग्नी) ,पार्टी प्रदेश सचिवलय सदस्य दुर्गा चाैलागाई ,बिरेन्द्र बस्नेत ,प्रदेश सदस्य तथा वाईसीएल नेपालका केन्द्रीय सचिव डम्बर पुलामी( कर्मा ) ,बेदु गौतम ,नगर अध्यक्ष रबि बस्नेत लगायत अभियानकाे दसै वडाका संयाेजकहरूलाई  एक लिची र एक कागतीकाे बिरुवा दिँदै कार्यक्रमका सँयोजक युवा नेता तथा ycl नेपालका केन्द्रीय सचिब डम्बर पुलामी मगर (कर्मा) ले पटका पड्काएर उद्घाटन गर्नु भएको थियो।

कार्यक्रमको मुख्य उदेश्य उत्पादन र सुदृढीकरण रहेको बताउँदै कार्यक्रममा जनयुद्धकालिन नेता तथा कार्यकर्ता र सेल्टर दाता  ,शहिद र बेपत्ता परिवार ,जेष्ठ नागरिक लागायतलाई सम्मान गरिएको थियो। दमकमा दसै वडामा कार्यक्रम लगिने र प्रत्येक जनतालाई उत्पादनसँग जोड्ने उदेश्यका साथ दसवटै वडामा प्रत्येक घर-घरमा लिची र कागतिको बिरुवा वितरणगर्ने कार्यक्रम रहेको सँयोजक पुलामीले बताउनुभयो। 

जनताकाे हरेक सुख दु:खमा साथ रहँदै पार्टीलाई चलायमान बनाउन र समाजबादी यात्राको ग्यारेन्टी गर्न अबको नेतृत्व  पुर्वले गर्ने उद्घोष गर्नुभयो।अहिले सम्मकाे परिवर्तनको नेतृत्व पश्चीमले गरेकाले आगामी समाजवादी यात्राको नेतृत्व पुर्वले गर्ने भन्दै वृक्षरोपण कार्यक्रममा सहभागी सम्पूर्णलाई सम्मान पत्र र वडाका प्रत्येक घर-घरमा बिरुवा लिएर जाँदै विभाजन भएका जनता ,नेतृत्व ,संघ-संगठन र समाजलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता जनाईएको थियोे।

अभियानले गाउँ-टाेल र शहरका हरेक गल्ली र चाेकहरूमा माओवादीले ल्याएकाे उपलब्धिलाई सँस्थागत गर्दै भबिष्यमा सम्पूर्ण युवा पिडीलाई उत्पादनमा जोड्दै अघि बढ्ने बताउनुका साथै सरकारले प्रत्येक नागरिकको उपचार नि:शुल्क गर्नुका साथै शिक्षाकाे नयाँ अवधारणा ल्याउनुका साथ-साथै माओवादी विरुद्ध फैलाईएको अफवाह युवा पिढीले चिर्दै अगाडि बढ्न नेतृत्वले हिम्मत देखाए चाडैं नै नागरिकले माओवादीको खोजी गर्ने अवस्थामा पुग्ने बताए।