कचनकवल । झापाको दक्षिणी क्षेत्रमा रहेको कचनकवल गाउँपालिकामा आज कचनकवल बाल सञ्जाल पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यपालिका सदस्य उमा शंकर गणेशको सभापतित्कल ,चनकवल गाउँपालिका प्रमुख कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यता ,कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको विशिष्ट आतिथ्यता ,कचनकवल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ग्यास अजमल मियाँ ,सात वटै वडाका वडा सचिव ज्यूहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमबाट नवगठित समितिको अध्यक्षमा कचनकवल-१ का उत्सव भट्टराई ,उपाध्यक्षमा कचनकवल-३ का सावन अजमल ,सचिवमा कचनकवल-३ की बबिता राजवंशी ,सहसचिवमा कचनकवल-२ की काव्या बराल ,कोषाध्यक्षमा कचनकवल-६ की पूर्णिमा चौधरी लगायत अन्य १६ जना सदस्य सहित २१ सदस्यीय समिति गठन भएको छ ।
कचनकवल बाल सञ्जालका हरेक सकरात्मक मागहरु सम्बोधन हुने र गाउँपालिकाले आवश्यक सहजीकरण तथा सहयोग गर्ने कुरा उक्त कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका प्रमुख कालेन्द्र प्रसाद सिंह राजवंशीले बताउनुभयो ।
कचनकवल गाउँपालिका भित्रका समग्र बालबालिकाका समस्याहरूलाई समाधान गर्नका लागि कचनकवल बाल सञ्जालले बालबालिकाका आवाजलाई बुलन्द बनाउदै उदाहरणीय कार्य गर्न सकोस् भन्दै कार्यक्रमका विशिष्ट अतिथि एवं कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले शुभकामना व्यक्त गर्नुभयो ।
नवगठित समितिलाई झापा जिल्लाकै नमुना बाल सञ्जालमा रुपमा चिनाउनका लागि बालबालिकाका क्षेत्रमा सधैं लागि परेर काम गर्ने कुरा नवगठित समितिका अध्यक्ष उत्सव भट्टराईले बताए ।
नव गठित समितिको नामावली
उत्सव भट्टराई अध्यक्ष |
सावन अजमल उपाध्यक्ष बबिता राजवंशी सचिव काव्या बराल सह-सचिव पूर्णिमा चौधरी कोषाध्यक्ष चन्द्रमा भट्टराई सदस्य अन्जार आलम सदस्य राहत प्रविन सदस्य ऐरम फातेमा सदस्य छोटि कुमारी गणेश सदस्य महेश राजवंशी सदस्य पुजन दाहाल सदस्य कमला राजवंशी सदस्य दुर्गा प्र. पोखरेल सदस्य निमकी कु. राजवंशी सदस्य अनिकेत सापकोटा सदस्य सम्झना राजवंशी सदस्य साहिल आलम सदस्य |
रमित राजवंशी सदस्य |
अन्तरा खड्का सदस्य |
ज्यासमिन खातुन सदस्य |