एस.पी.रेग्मी । आज हरेक परिवर्तनका वाहक,शुभचिन्तक र तमाम भुँईमान्छे सर्वहारा वर्ग जो " हार्नका लागि जीवन र जित्नका लागि सँसार " भनेर मुक्ति मार्गमा आँफुलाई होम्न तयार एउटा ठूलो तप्का अन्योल ग्रस्त देखिन्छ । उनिहरु समाजका हरेक घटना र गतिविधि हेरेर आज गन्तब्य विहीन र निराशावादी भएकै कारण यो अवस्था सृजना भएको हो।
सँसारका धेरै आन्दोलनहरु प्रतिगमन हुनुमा कमन सेन्स भनेको मास हिस्टेरिया प्रमुख पाईन्छ। नेपालको सन्दर्भमा पनि एउटा ठूलो जमात परिवर्तन र लोकतन्त्र प्रतिनै मास हिस्टेरियाको रोगले ग्रस्त छ।
यतिबेला परिवर्तन र लोकतन्त्रका निमित्त आजीवन आँफुलाई समर्पित गरेका नेतृत्व,दलहरु र बिभिन्न सँस्थाहरुको प्रमुख जिम्मेवारी भनेको लोकतन्त्र प्रतिको मास हिस्टेरिया रोग उपचार गर्दै जनतालाई आशाको किरण प्रवाह गरी सुन्दर स्वस्थ लोकतन्त्रको अनुभूत गराउनु हो।
यदि हामिले त्यसो गर्न सकिएन भने हामी पुन: सँसारको प्रतिगमन इतिहासकै पदचाप पच्छ्याउँदै वीलिन हुनबाट कसैले बचाउन सक्दैन। तर ठिक उल्टो संकेतहरु देखा पर्दैछन्। हामीले मास हिस्टेरियालाई उपचार होईन मलजल गर्दैछौँ भन्ने कुरा हामी भित्रका अनियमितता सँग जोडिएका कतिपय परिघटना र तिनका बचाउमा रहेको मौनता हरुले पुष्टि गर्दछ। हामी यतिबेला हिजोको परिवेशमा छैनौँ। आज हामी भिन्न तर अत्यन्त सम्वेदनशील परिबेशमा छौँ। यो ब्यवस्था न्युटल गियर हो।यहाँबाट हामी कता जाने भन्ने कुराको मुख्य भुमिकामा नेतृत्व तह जिम्मेवार हुने गर्दछ।
अत: समाजमा छरिएका तमाम बिकृती बिरुद्द त्यो चाहे जुनसुकै रङ्गको भएपनी निर्मम भएर आगो झोस्ने कुराले ,अहिलेको मास हिस्टेरियाको किटाणु मार्ने कुरा र लोकतन्त्रलाई जीवन्त दिने कुरा अहिलेका समाज चिरफार गरि उपचार गर्ने डाक्टरहरुले (नेतृत्वहरुले ) भुल्नु हुन्न। मास हिस्टेरिया एउटा सरुवा रोग हो यसले समाज प्रदूषण मात्र होईन पुरै भताभुङ्ग बनाउँछ। त्यसैले आँफू भित्रका तमाम बिकृती बिरुद्द मसाल झोस्ने कुरामा अब पनि ढिलो गरियो भने यो ठूलो जमातले एउटा दिशा पक्रने निश्चय छ। बेलैमा उपचार हामी सबै मिलेर खोजौँ।(लेखक पूर्व जनमुक्ति सेना हुनुन्छ)