एस.पी.रेग्मी । माओबादी केन्द्र पार्टी मात्र नभएर अहिलेको ब्यवस्थाको प्रमुख सुत्रधार पनि हो। मानौँ एउटा समग्र सिस्टम( कम्प्युटर)पनि हो। यो सिस्टम यतिबेला ह्याङ्ग भएको अबस्थामा देखिएको छ। मार्क्सबाद यस सिस्टमको सफ्टवेयर हो। जब सिस्टम ह्याङ्ग भएपछि त्यसले दिने सेवा सुबिधामा अवरोध आउँछ नै।अहिले देखिएको भद्रगोल यसैको कारण भन्दा फरक पर्दैन।

दसबर्षे महान जनयुद्ध वर्गसंघर्षको एउटा प्रयोग मात्र नभएर पाठशाला पनि हो। अहिलेका माओवादी पार्टी भित्रका नेता कार्यकर्ता भनेको त्यस पाठशालाका बिद्यार्थी हुन। जहाँ समाज बिज्ञान को बिषयमा ठुलठुला प्रयोगहरु भए। अध्ययन अध्यापन भए। जब त्यस प्रयोगहरु प्रयोगात्मक अवस्थामा देखिए त्यहाँ अधिकाँश विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन चुकेको देखिन्छ।

उनिहरुले समग्र सिस्टम (मार्क्सवाद ) लाई बुझ्ने सन्दर्भमा फरक भेटियो। मार्क्सवाद समाजलाई अध्ययनगर्ने समग्र एक सिस्टम हो। तर मार्क्ससवादका विद्यार्थी (माओवादी नेता,कार्यकर्ता) ले मार्क्ससवाद भनेको सुनको डल्ला र सरकारी जग्गा अतिक्रम गर्नु अथवा अनियमितता गरेर कसरी हुन्छ अकुत सम्पत्ति आर्जन गर्नु भन्ने बुजेछन्। यसै बुजाइको कारण आज समग्र सिस्टम अथवा मार्क्ससवाद माथी नै आम मानिसको धारणा अविश्वसनीय बन्दै गएको छ।

अत समग्रमा हेर्दा यतिबेला सिङ्गो सिस्टम (माओवादी केन्द्र) र यस सँग जोडिएका तमाम नेता कार्यकर्ता माथी सामान्य रि स्टोर ,रि-बुट र सामान्य फर्म्याटले मात्र समग्र सिस्टम सुचारु गर्न कठिन छ। अबको आवश्यकता फ्याक्ट्री रिसेट नै हो।(लेखक पुर्व जनमुक्ति सेना हुनुन्छ)