कचनकवल । झापाको कचनकवल गाउँपालिकामा शुक्रबार (आज)बाट १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
कचनकवल गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित उक्त कार्यक्रमको सभापतित्व कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले गर्नुभएको थियो । आयोजक शाखाकी शाखा प्रमुख मनिता बराल,कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, विभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्यहरू,नेपाल शिक्षक महासंघ कचनकवल अध्यक्ष भैरव सिंह राजवंशी,प्रहरी प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि तथा पत्रकारज्यूहरुको आतिथ्यता एवम् विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको उपस्थितिमा पथरिया मा.वि.को खेल मैदानमा उक्त उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो ।
माघ २६ गतेबाट सञ्चालन भएको ३ दिवसीय कार्यक्रमको समापन भने माघ २८ गते हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले बताउनु भयो ।