कम्प्युटरको सुरुवाती विकास गणितीय हिसाब किताब गर्ने कामलाई सहज पार्दै लैजाने क्रममा भएको थियो । करिब २५०० वर्ष पहिला हाम्रो छिमेक चीनमा अवाकस भन्ने डिभाइसको प्रयोग गणितीय प्रयोजनका लागि हुन्थ्यो, जुन डिभाइसलाई विश्व कम्प्युटर विकाश क्रमको पहिलो यन्त्र मानिन्छ । यो डिभाइस सुधारिँदै विभिन्न क्रममा नयाँ नयाँ यन्त्रका आविष्कार भए, कम्प्युटर विकाशक्रमका मुख्य कारण कहिले संख्यात्मक जोड घटाउ गर्नु थियो त कहिले जनसंख्या गणना गर्नु थियो । विभिन्न स्वरुप, क्षमता तथा आकारयुक्त यन्त्रको निर्माण हुने क्रमले सयौँ वर्ष पार गरिसक्दा कैयौँ यन्त्र बने अनि तिनलाई नयाँ यन्त्रले विस्थापित गरे आविष्कार गर्दै जाने क्रममा मान्छेका सपना गणितीय समस्या समाधान गर्नुमा मात्र रहेनआज जोड घटाउ त कम्प्युटरको सबैभन्दा सामान्य मध्यको एक ‘फङ्सन’ भएको छ । स्पेश रिसर्चदेखि मेडिकल साइन्ससम्ममा कम्प्युटरको महŒव अतुलनिय भइसकेको छ । कम्प्युटर नै आज प्रविधिको उच्चतम आविष्कारको कारण भएको छ ।

विश्व कम्प्युटरको इतिहासले आज सयौँ वर्ष मनाइरहँदा नेपाली कम्प्युटरको इतिहास भने युवा अवस्था मै छ भन्दा अतियुक्ति नहोला । सन् १९७२ (२०२८ वि.सं.) मा नेपाल सरकारले IBM 1401 नामक कम्प्युटर मासिक एक लाख २५ हजार रुपियाँ भाडा तिर्ने गरी ल्याएको थियो । यो ल्याउनुको मुख्य उद्देश्य जनसंख्या गणना गर्ने कामलाई सहयोग पु¥याउनु थियो । स्मरण रहोस् सन् १८९० मा संयुक्त राज्य अमेरिकामा पनि डा. हर्मन होलारीथले जनसंख्या गणना गर्नका लागि टबुलेटिङ मेसिन नामक कम्प्युटरको निर्माण गरेका थिए, जसले कम्प्युटर विकासक्रममा नयाँ आयाम थप्ने काम गर्यौ ।

सन् १९७५ (वि.सं. २०३१) मा नेपाल सरकारले कम्प्युटर हेर्ने छुट्टै निकाय यान्त्रिक सरलीकरण केन्द्र गठन गर्यो, जसको नाम पछि राष्ट्रिय कम्प्युटर केन्द्र राखियो । सन् (वि.सं. २०३८) को जनसंख्या गणना गर्नका लागि UNDP/UNFPA को सहयोगमा ब्रिटेनबाट २० लाख रुपियाँमा कम्प्युटर ल्याइयो, जुन अहिले संग्राहलयमा राखिएको छ । त्यतिबेला ब्रिटिस सरकारले राष्टिय कम्प्युटर केन्द्रमा दक्ष जनशक्ति उत्पादनका गर्नका लागि तालिमको व्यवस्था गरिदिएको थियो भने व्यक्तिगतस्तरमा पनि कम्प्युटरमा तालिम लिन नेपाली विद्यार्थि भारत, थाइल्यान्ड तथा संयुक्त राज्य अमेरिका गए । त्यति बेला कम्प्युटर कन्सल्टेन्सी, डाटा सिस्टम इन्टरनेशनल, म्यानेजमेन्ट इन्फरमेसन प्रोसेसिङ सिस्टम आदि नामका प्राइभेट कम्पनी निर्माण भए, जसले कम्प्युटर तथा तालिम सर्वसुलभ तरिकाले नेपालमै उपलब्ध गराउन थाले ।

सन् १९९४ मा मर्कन्टायल अफिस सिस्टम नामको पहिलो ISP को स्थापना भयो र यसले तारको माध्यमले इन्टरनेटको आयात गर्न थाल्यो, जसको गति अत्यन्तै सुस्त भए पनि यो नेपाली इन्टरनेट विकाशमा कोशेढुङ्गा थियो । अहिले हामीले विश्वका अन्य देशमाझैँ चौथो पुस्ताको कम्प्युटर प्रयोग गर्छौ । माइक्रो कम्प्युटर समूहर्को पार्म टपउप समूहमा पर्ने मोबाइल फोन दैनिक जीवनको अभिन्न अङ्गझैँ भएको छ । नहोस् पनि कसरी, सन् १९६९ मा चन्द्रमा पठाइएको अन्तरिक्षयान अपोलो ११ मा प्रयोग भएको कम्प्युटरभन्दा आजभोलि हामीले प्रयोग गर्ने स्मार्ट फोनको क्षमता कैयौँ गुणा शक्तिशाली जो छ ।साभार गरिएको ।।