काँडेतार परिवार । शहिद गोबिन्द गौतमको घरमा हामी फेरि पुग्यौं । पहिलो पटक हामी वहाँलाई भारतीय SSB ले गोली हानी हत्या गरेको तेस्रो दिनमा काठमाडौंबाट पुनर्वास पुगेका थियौं ।परिवारजनमा समवेदना ,सान्त्वना दियौं। 

घरमा यस्तो दुखद थियो कि "किरियापुत्रि बस्न आवश्यक सरसमान किन्न पैसा छैन। कमाउने छोरा मारिदिई हाले।"भन्दै शहिदकी आमाले हामीसँग बिलौना गर्नुभयो। "साह्रै गाह्रो भईरहेको छ" भन्दै भक्कानिएर रून थाल्नुभयो। आमालाई सम्झाउँदै मैले भनेँ थुप्रै राजनीतिक पार्टीहरुका ब्यक्तिहरुले सहयोग दिने भनेर घोषणा गरेका छन् त आमा ? फेरि आमाले भन्नु भयो, "हामीलाई त केही थाहा छैन ? ठुलो मान्छे ,बाहिरबाट आउनु भएको तपाईंहरू नै पहिलो हो र कसैले पनि अहिलेसम्म १ रूपियाँ पनि दिएका छैनन् बाबू "। 

Screenshot_2024-02-05-06-14-27-407_com.facebook.katana-editत्यसपछि त्यहाँ पुगेका हामीहरु मलिन अनुहार लगाएर मुखामुख गर्‍यौं। जम्मा हामीसँग २६,५०० (छब्बीस हजार पाँच सय  मात्रै थियो। त्यो दिएर हामी काठ्माडौं फर्केका थियौं।

आज फेरि पुन: हामी शहिद गोबिन्द गौतमको घर कञ्चनपुरको पुनर्वासमा पुग्यौँ। घर सुनसान थियो। शहिद गोबिन्दको आमा पनि छोरा भेट्न महाप्रस्थान गरिसक्नु भएछ। अन्य २ छोरा ईन्डियामा कामको शिलशिलामा जानु भएछ। शहिदकी श्रीमती अनि छोरीहरू काठमाडौंमा नै बसोबास गर्न थाल्नु भएको रहेछ । घरमा बुढा बाबालाई भेटियो। केहीबेर कुराकानी गरियो। त्यसपछि सुस्वास्थ्य र दिर्घायूको कामना गर्दै चलचित्र काँडेतारको विषेश च्यारिटि शो बाट उठेको रकम रू ५०००० (पचास हजार) दियौं। सिमानामा काँडेतार बार लगाउन आर्शिवाद माग्यौं। बुवाले आशिर्वाद दिनु भयो। 

यसबेला मैले 'नेपालभारतको सिमानामा काँडेतार वा पर्खाल भईदिएको भए गोबिन्द गौतम ,जय सिंह धामीहरू मारिदैन थिए। सिमानामा अनाहकमा हाम्रा दाजुभाइ कुटिदैनथे ,सजिलै चेलिबेटी बेचबिखन हुँदैनथ्यो ,नक्कली भुटानी शरणार्थी जस्तो भष्ट्राचार हुन सक्दैनथ्यो र हाम्रो मुलुकको अन्तराष्ट्रिय बेइज्जति हुदैनथ्यो भन्नेबारे बताएँ। यही कुरा सारा जनतालाई बुझाउन चलचित्र सिमानामा काँडेतार बनाएको बताएँ।  

अब यो चलचित्र फाल्गुन २५ गते चल्दैछ। सबै देशप्रेमीहरूले हेर्नु हुनेछ। तर यसको प्रदर्शनीलाई ब्यवधान पुर्‍याउन केही स्वदेशी वा विदेशी फिल्मको शो समय तोकिदैंछ। यसकारण त्यस्ता फिल्मलाई दर्शकले नै बाईकट गर्नुपर्ने हुन्छ। 

आदरणीय देश तथा बिदेशमा रहनु भएका नेपाली आमा- बुवा ,दाजु-भाइ तथा दिदि-बहिनीहरू! हामीले हाम्रो राष्ट्र जोगाउनु पर्छ ,जसरी पुर्खाहरुले जोगाए। अब यो दायित्व हाम्रो काँधमा छ। भावी सन्ततिलाई सिङ्गो नेपाल ,समृद्ध नेपाल सुम्पनु पर्छ। देशलाई कुनै पनि हालतमा हार्न दिनु हुन्न है।

कञ्चनपुरको पुनर्वासमा पुग्दा यसबारे म अझ स्पष्ट भएको छु। अब हाम्रो भेट फाल्गुन २५ गते देशभरका सबै सिनेमा हलहरुमा हुनेछ।नवल खड्का चलचित्र " काँडेतार"।