हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो। हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती (भारतीय हात्ती, श्रीलङ्काली हात्ती) गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेकाछन्।
यिनै हात्तीका तीन प्रजातिहरू बाहेक अरु सबै प्रजाति तथा वर्गहरू पृथ्वीबाट लोप भइसकेका छन् भने केही प्रजाति नेपालमा बितण्डा मच्चाई रहेकाछन्। प्राचिन कालमा हिउपर्ने क्षेत्रहरूमा पाइने विशाल हिम हात्तीहरू हिम युगको अन्त्यसगै लोप भएका थिए। तर यीनीहरू जस्तै देखिने साना हिम हात्तीहरू सन् २००० बीसीको अन्त्य सम्मपनि अस्तित्वमा रहेको अध्ययनहरूले पुष्टी गरेको छ।
हाल अस्तित्वमा रहेका जमीनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो।
हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमीनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो। साधारणतया एउटा हात्तीको छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम (२६० पाउन्ड) तौल भएको हुन्छ। हत्तीहरूको औशत आयू ५० देखि ७० वर्षको हुन्छ, तर अहिलेसम्मको अभिलेख अनुसार हात्ती ८२ वर्षसम्म पनि बाँचेको पाइएको छ। त्यस्तै अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो हात्ती सन् १९५६मा अंगोलामा मारिएको थियो। अन्य अफ्रिकन हात्तीहरू भन्दा करिब १ मिटर अग्लो उक्त भाले हात्तीको तौल २४,००० पाउन्ड (११००० किलोग्राम), उचाइ ३.९६ मिटर (१३ फिट) थियो। यीनीहरू स्मरणशक्ति र बुद्धिका लागि प्रसिद्ध छन्, हात्तीहरूको बुद्धि प्रागऐतिहासिक मानव, ह्वेल र डल्फिन बराबर भएको विश्वास गरिन्छ। यतिञ्जेल सम्मका अध्ययनहरू अनुसार, स्वस्थ वयस्क हात्तीको कुनै प्राकृतिक शिकारिहरू छैनन् तर सिंहले हात्तीका छावाहरू र कमजोर हात्तीहरूलाई शिकार गर्न सक्छ। यसका अलावा मानव घुसपैठ ,अवैध शिकार र मानव बीचको द्वन्द्वका कारणले बिधुतीय धरापमा पर्दा यिनीहरूलाई सङ्कटमा पारेको छ।
मानव र हात्ती बीचकोको वर्तमान सँघर्ष अस्तित्वको सँघर्ष हो । जैविक विविधताले भरिएको जलथल वनको सम्भाब्ता र महत्त्वलाई जतिसुकै बुझाउने प्रयास गरिएतापनि त्यो वाईयात बिषय बनेको छ । मानवले आफ्नो जीवन रक्षाकै लागि बिधुतीय उच्च भोल्टेजको तारवार आफ्नो खेतवारीमा कुदाउनु परेको छ । हात्तीलाई धरापमा पारेर खुशीहुने चाहना नागरिकको भएको भए मृत हात्तीलाई फुलपाती चढाउन नागरिक जाने थिएनन् । जलथल जँगल र मानव हात्ती बीचको द्वन्द्व समाधानका लागि जतिसुकै आवाज उठाएपनि सरकारले प्राथमिकतामा नपार्नुको मुख्य कारण राजनीतिक स्वार्थ नै हो ।