झापा।श्री मोती माध्यमिक विद्यालय वि.स. २०२२ सालमा स्थापना भई कक्षा वाल शिक्षा कक्षा देखि १२ सम्म संचालित रहेकोमा कक्षा ९ देखि १० सम्म साधारण धार र कक्षा ९ देखि १२ सम्म प्राविधिक धार वालि विज्ञान संचालन रहेको छ ।
यस विद्यालयमा विद्यार्थी सँख्या ५८२ रहेको छ भने ३१ जना शिक्षक सँख्या रहेको यस बिद्यालयको भौतिक पक्ष समग्रमा सन्तोषजनक रहेको पाईन्छ । अहिलेसम्म ७ ओटा ब्लकमा पठनपाठन सञ्चालन भईरहेको छ । हामीले यस विद्यालयका प्रधानाध्यापक छवि बस्नेतलाई निम्न प्रश्नहरुको जिज्ञासा राखेका थियौं :
१. विद्यालय र अभिभावकहरु बीचको सम्बन्धमा विद्यालयको कस्तो प्रयास रहेको छ ?
हामीले अभिभावकलाई विद्यालयमा भित्र्याउनको लागि निम्न प्रयासहरु गरिएको छ :
* कक्षागत अभिभावक भेला ,अभिभावक वैठक ,तीनै ओटा नतिजा प्रकाशनमा अभिभावकको उपस्थितीमा गरिएको ,अभिभावक शिक्षा कार्यक्रम संचालन गरिएको छ ।
२. तपाईंको विद्यालयले गरेको सफल अभ्यास केही छन् ?
* स्वास्थ्य परामर्श कक्षा (किशोरी मैत्री) संचालन ,अभिभावक विहिन विद्यार्थीहरुलाई पोशाक वितरण ,पत्रुखाना(जङ्कफुड) निषेधित गरिएको ,सफल अभ्यास आदान प्रदानको लागि अवलोकन भ्रमण (कक्षा १–१२ सम्म Camping, शिक्षक, वि.व्य.स.) ,न्युन सिकाइ भएका विद्यार्थीहरुलाई अतिरिक्त कक्षा संचालन गरिएको छ ।
३. सामुदायिक विद्यालयप्रति अभिभावकको मनोविज्ञान कस्तो छ ?
* सामुदायिक विद्यालयमा आकर्षण बढेको , अहिले अभिभावक विश्वस्त भएकाछन् ।
४.कृषि प्राविधिक धार संचालनका अवसर र चुनौती के के पाउनुभयो ?
* नेपाल सरकारको ‘‘एक पालिका एक प्राविधिक विद्यालय’’ कार्यक्रम अन्तर्गत यस विद्यालयमा प्राविधिक धार वालि विज्ञान संचालन रहेको छ । यस विद्यालयको सेवा क्षेत्र कचनकवल गाउँपालिका वडा नं. ३, १ र बाह्रदशी गाउँपालिकाको केही भाग रहेका छ भने यहाँ बसोबास गर्ने अधिकांश मानिसहरु कृषि पेशामा संलग्न रहेका छन् र यहाँको जमिन पनि उर्वर र कृषि खेतीको लागि योग्य रहेको छ । यसको लागि आवश्यक पर्ने दक्ष जनशक्ति तथा उन्नत प्रविधिको प्रयोगको अभाव रहेको छ । जुन आवश्यकता केही हद सम्म पुरा गर्ने उद्देश्यका साथ यस विद्यालयमा संचालन रहेको कृषि वालि विज्ञान विषयको प्रचुर सम्भावना रहेको छ । यस विषयका अवसर र चुनौतीहरुलाई वुदागत रुपमा यसरी प्रस्तुत गर्दछु :
१. अवसरहरु :
* कृषि क्षेत्रको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुने, आत्मनिर्भर हुन प्रेरित गराउन सकिने,जैविक खेती सम्बन्धि व्यवहारिक ज्ञान प्रदान गर्न, स्थानीय आवश्यकता पुरा गर्न सकिने,
परम्परागत कृषि प्रणालीलाई विस्थापित गरी प्रविधिको पहुँच बढाउन सकिने अवसर प्राप्त भएको छ ।
२. चुनौतीहरु :
* दक्ष जनशक्ति पाउन मुस्किल रहेको,व्यवहारिक अभ्यास संचालनको लागि विषयगत संस्थाको अभाव,स्थानीय अभिभावकमा प्राविधिक विषय सम्बन्धि जनचेतनाको अभाव र
शन्दर्भ सामग्रीको कमि चुनौतीका रुपमा रहेको छ ।
५. हामीले के गर्दा अभिभावकले सामुदायिक विद्यालय नै रोज्ने रहेछन् ?
* विद्यालय खुल्ने समय १०–४ को शुनिश्चितता भएमा,स्वच्छ पिउने पानी र शौचालयको उचित प्रवन्ध भएमा,खाली कक्षा व्यवस्थापनको उचित प्रबन्ध भएमा,पुस्तकालय, प्रयोगशालाको नियमित प्रयोग भएमा,विद्यालयमा चमेना गृहको व्यवस्था भएमा,वालवालिकालाई पढाउने भन्दा पनि बढी वालवालिकाहरुको रुची क्षमता र आवश्यकतालाई बुझ्न विद्यार्थीलाई मुल्यांकन गरिएमा,वालमैत्री वातावरणको उचित व्यवस्था भएमा,प्रविधि मैत्री कक्षाकोठा बनाउन सके सामुदायिक विद्यालय नै अभिभावकले रोज्ने रहेछन् ।