झापा । कचनकवल गाउँपालिका भित्र जंगली हात्तीले आज राति मच्चाएको बितण्डाले घर र थन्काएको धान स्वाहा भएको छ ।
कचनकवल-३,पुठीमारीका बिष्णु गुरुङले बर्षभरि परिवारलाई भरपोषणका लागि घर भित्र भकारीमा थन्काएको धान राति जलथल जँगलबाट निस्किएका जँगली हात्तीले क्षति पुर्याएको हो । मानव र जँगली हात्ती बीचको लामो समयदेखिको द्वन्द्वले भौतिक तथा मानवीय क्षति घटिरहेको छ । ग्रामीण क्षेत्रमा पर्ने कचनकवल ,हल्दिवारी ,बाह्रदशी गाउँपालिका भित्रका नागरिकको चैनको निन्द्रा हराउदै गएको छ । कतिखेर घरमा कि बाटोमा हिड्दा हिड्दै निशानामा परिने हो पत्तो हुन छाडेको छ । गरीबका झुप्रामा बर्षभरि परिवारको मुहारमा खुशी भर्ने राखिएको अन्नपात कतिखेर हात्तीको आहारा बन्ने हो टुङ्गो हुदैन ।
जलथल जँगलको वरिपरि सौर्य बिधुतीय तारवार गरिएपछि केही बर्षसम्म नागरिकले राहत मिलेपनि चोरी शिकारी र अराजक तत्वहरुका कारणले धेरै जस्तो ब्याट्री र तारमा क्षति हुनुका साथै अतिरिक्त ब्याट्री र तारबार भने प्राविधिक समस्याका कारणले काम नलाग्ने भएपछि अहिले सौर्य बिधुतीय तारवार नाममा मात्रै सिमित रहेको छ ।
जलथल जँगलको हात्ती तारवार मैले बनाएँ भनेर गत निर्वाचनको समयमा चुनावी मसला बनाएर जनताको भावनालाई आफ्नोतर्फ पारेर माननीय बनेका राजनीतिक दलका नेतृत्वहरुले समयमा मर्मतसम्भारका लागि आवश्यक बजेट प्रबन्ध गर्न कस्ले रोक्यो ? प्रचलित नेपाली उखान "काम गर्ने कालू,मकै खाने भालु" भएकै कारणले जलथल जँगलको सौर्य तारवारले मर्मत नपाएको त होईन ? होइन भने हिजो सौर्य तारवारको जन्मदाता म हो भनेर चिच्याउने राजनीतिक दलका नेताले आँफुले जन्म दिएको सन्तान लथालिङ्ग भएको कुन चै बाबुले टुलुटुलु हेर्न सक्छ ?
मानव र जनावर बीच भएको द्वन्द्वका कारण भएको शतप्रतिशत क्षतिपूर्ति राज्यकोष मार्फत नागरिकलाई प्रदानको ग्यारेन्टी गर्ने होइन भने न हात्ती बिधुतीय धरापमा परेर मर्छ नत हात्तीको कारण जागै बस्नुनै पर्छ ।
सामाजिक सञ्जाल फेसबुकमा भावनात्मक फोटो राख्दै कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले लेखेको स्टाटसले सरोकारवाला पक्षलाई किनछुन सक्दैन ?भट्टराईले लेख्नुभएको स्टाटस जस्ताको तस्तै " अति भो मानवीय जीवन जिउन मुस्किल भयो प्रदेश र संघीय सरकार मुकदर्शक बन्दै छ अन्तर्राष्ट्रिय कानुनको हवाला दिएर मानविय क्षेति कतिदिन सम्म गर्न दिने सोचनिय बिषय बनेको छ। जनताका प्रतिनिधि प्रदेश सासद ,संघीय सासद के गर्दै हुनुहुन्छ? किन हामी मानविय संवेदना नदेखे जस्तो गर्दैछौँ हामी । राज्य गम्भीर बनोस् समस्याको समाधान गर्न तत्काल कदम चालियोस्। गए राति कचनकवल ३ पोठेमारी गाउँ का बिष्णु गुरुङको घर २ वटा हात्तीले गरेको बितन्डा हेरेर अत्यन्तै दुख लागेको छ। रातभरि जागा बस्नु हाम्रो बाध्यता भएको छ ।