तत्कालिन ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछाने र सहकारी ठगीका अभियुक्त तथा अध्यक्ष गितेन्द्र बाबु राईबीचको सम्बन्ध ओपन सेक्रेट छ । लामिछानेले यो सम्बन्धलाई ओझेलमा पार्ने कोशिस गरेपनि ठगीमा दुईबीचको नाता झनै कस्सिएको देखिन्छ । पछिल्लो समय ठगीबारे प्रहरीले राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी भएपछि लामिछाने र जिवि राईबीच मलेशियामै भेट भएको तथ्य प्राप्त भएको छ ।

Screenshot_2024-01-07-15-22-09-877_com.facebook.katana-editमलेशियास्थित विशेष स्रोतले दिएको जानकारी अनुसार गत डिसेम्बर ३ मा मलेशिया यात्रमा निस्केका लामिछानेले राईलाई मलेशियामै भेटेका थिए । उनीहरुको भेटघाटको चाँजो पाँजो भने मलेशियास्थित जिबि राईकै कम्पनिमा कार्यरत केही कर्मचारीले मिलाएका थिए ।

Screenshot_2024-01-07-15-29-08-000_com.facebook.katana-editलामिछानेलाई विमानस्थलमा लिन जाने व्यक्ति नै सहकारी ठगीका अभियुक्त राईले संचालन गरेको नेचर हब ईन्टरनेश्नलमा कार्यरत हेमराज सापकोटा थिए । राई र लामिछानेबीचको भेटमा लामिछानेले नै हाल समस्याग्रस्त बनेको ग्यालेक्सी टेलिभिजन जिम्मा लिएर संचालन गरिदिनुपर्ने प्रस्ताव राईले गरेको उच्च स्रोतले बतायो । तर, भेटघाटको चाँजोपाँजो मिलाउने व्यक्तिहरु भने यो विषयमा मुख खोल्न चाहाँदैनन् । राईले मलेशियामा सकेन्ड होम लिएका छन् । मलेशियाको केएलसिसि टावरको आसपास उनले घर र गाडीसम्म जोडेको स्रोत बताउँछ ।

राईको नेटवर्किङ्ग धन्दामा संलग्न अधिकांश व्यक्ति स्वतन्त्र पार्टीका कार्यकर्ता

रवि लामिछाने मलेशियामा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आयोजित कार्यक्रमको संचालक नै हेमराज सापकोटा थिए । उनी ठगीका फरार अभियुक्त राईकै कम्पनिमा कार्यरत व्यक्ति हुन् । सापकोटा उनी मलेशिया एनआरएनएका उपाध्यक्ष पनि हुन् । Screenshot_2024-01-07-15-35-24-141_com.facebook.katana-editउनी नेचर हबका पनि सेकेन्ड डाइरेक्टर हुन् । लामिछानेले हालै मलेशियामा गठन गरेको प्रवासी नेपाली सम्पर्क विभागको सचिवमा पनि उनै सापकोटा छन् । मलेशियामा ग्रिन टि र साबुन राखेर सदस्य बनाउँदै ठगी धन्दा चलाउँदै आएका सापकोटा नेपालबाट भने एउटा ठगीकाण्डमा फरार भएका व्यक्ति हुन् ।

Screenshot_2024-01-07-15-36-22-676_com.facebook.katana-editकुनै समय नेपालमा पिरामिड शैलीको ठगीधन्दा चलाएको आरोपमा हर्बो ईन्टरनेश्नल नामक कम्पनिमाथि प्रहरले अपरेशन चलाएको थियो । शुल्क उठाउने, आकर्षक उपहार र कमिशनको प्रलोभन देखाएर पिरामिड शैलीमा ठगी गरेको आरोपमा त्यतिबेला सापकोटा, जिबि राई लगायत व्यक्ति प्रहरीको खोजी सुचीमा थिए । Screenshot_2024-01-07-15-35-53-582_com.facebook.katana-editयुनिटी हर्बो जस्ता कुख्यात ठगीकाण्डसँगै नेपालमा नेटवर्किङ्ग शब्द नै चर्चामा थियो ।

नेचर हर्ब्स इन्टरनेसनल प्रालि पछिल्लो २ दशक अवधिमा विभिन्न कम्पनीका नाममा नेटवर्किङ व्यवसाय चलाएर ठगी कार्यमा संलग्न देखिएका गिरोहबाट सञ्चालित छ भने यो कम्पनीमा हाई प्रोफाइल व्यक्तिहरुको संलग्नता पनि बढी देखिन्छ । यसका सञ्चालक तथा सहकारी ठगीका अभियुक्त जिबि राई उनकै नातेदार अनन्तबाबु राई र श्रीमती निशा राई पनि यो कम्पनीको उच्च ओहोदामै छन् ।

Screenshot_2024-01-07-15-20-18-008_com.facebook.katana-editनिर्देशकका रुपमा नेत्रपाणि बाँस्तोला, ट्रेनरका रुपमा कुमार रम्तेल र बजार विभागको जिम्मेबारी माधव खनालले हेर्छन् । यी सबै व्यक्तिहरुको विगत हर्बो, युनिटी र गोल्डक्वेस्टसम्म जोडिन्छ । गोलक्वेस्ट ठगी प्रकरणमा पक्राउ परेका अभियुक्त पुष्पराज पुरुष भनिने व्यक्तिसँगै हेमराजको पनि नेटवर्किङ्ग धन्दाको सम्बन्ध जोडिएको थियो । हेमराज हर्बो ठगीका ठूला अभियुक्त हुन् । उनै हेमराज अहिले मलेशियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी हर्ताकर्ता बनेका छन् ।sources: diyopost