भव सापकोटा 

दुलाहा हेलिकप्टर, घोडा या हात्तिमा आउलान्, विवाह समारोहमा प्रवेशपास होला, विवाह स्थल झकिझकाउ र तामझाम पुर्ण होला,

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कुटनितिक नियोगका प्रतिनिधि, नेपाल सरकार उच्च पदस्थ कर्मचारी सहभागी समारोह सुरक्षाको दृष्टिले अति संवेदनशील हुनेछ र भेटघाट समेत  अनुकुलता पर्दैन होला भन्दै मनमा यस्तै सोचेर गोकर्ण रिसोर्ट  गएको थिएँ। तर  मेरो सोचाइ भन्दा ठिक  विपरित।

अर्थात :- प्रधानमन्त्री प्रचण्डको नातिनी तथा भरतपुर महानगर मेयर रेनु दाहालको छोरीको विवाह नाम मात्रको ५ तारे होटलको चौरमा रहेछ। विवाह स्थलको कुना तिर सानो आवाजमा एउटा स्पिकर बजिरहेको थियो। 

मेयर रेनु दाहाल अघि पछि भन्दा पनि सामान्य पहिरनमा निम्तालु हरेकको स्वागतमा व्यस्त थिईन। ५-६ जना गाउँघरकै पञ्चेबाजा टोली अघि लगाउँदै दुलाहा खुट्टाले हिँडेर विवाह मण्डपमा पुगे। 

राष्ट्रप्रमुख सहभागी विवाह कार्यक्रम समारोह नभई गाउँघर तिरको सामान्य परिवारले गर्ने छेवर(ब्रतबन्ध) कार्यक्रम जस्तो थियो जसमा प्रवेश पास त परको कुरा एउटा मेटल डिटक्टर समेत राखिएको थिएन जुन सुरक्षाको हिसाबले अनिवार्य हुनु पर्थ्यो। 

प्रधानमन्त्री सहित उच्चपदस्थसंग जो कसैले सजिलै भेट्न र तस्वीर खिच्न सकिएको थियो । नबोलाईएका, बाटो पर्दा छिरेकाहरु करिब ३ सय जना सर्वसाधारण विवाह समारोहमा सहजै सहभागी भएका थिए !

विवाहमा खर्च भनेकै दुलाहा दुलहीको तस्वीर राम्रो आवोस भन्ने उद्देश्यले फुलले सजाएको करिब ५० हजारको मण्डप थियो ! 

खाना प्रति प्लेट १५००-२०००!-(मामुली होटलले लिने रेट) 

(मैले सोचे भन्दा साह्रै सरल र सामान्य प्रत्यक्ष देखेर सहभागी भएर निक्ले )