कचनकवल मँसिर १ । कचनकवल गाउँपालिका फुटबल विकास समितिले गाउँपालिका स्तरीय फुटबल खेलाडी छनौंट गर्न निर्देशन दिए अनुसार गाउँपालिका फुटबल विकास समितिले २६ जना फुटबल खेलाडी छनौट गरेको छ ।
कचनकवल गाउँपालिका पथरिया स्थित पथरिया खेल मैदानमा प्रतियोगिता गरि खेलकुद विकास समितिका सँयोजक रञ्जित लिम्बू , फुटबल विकास समितिका अध्यक्ष हरि बस्नेतले खेल प्रतियोगिता गरी उत्कृष्ट २६ जना खेलाडीलाई गाउँपालिका स्तरीय प्रतियोगिताको लागि छनौट गर्नुभएको हो ।
फुटबल विकास समितिका प्रशिक्षक कालू लाबुङ्ग र फुटबल विकास समितिका टिम म्यानेजर डिल्लीराम भट्टराईका अनुसार आज छनौट भएका २६ खेलाडीहरुले गाउँपालिका स्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका छन् भने राम्रो प्रदर्शन गर्ने खेलाडीहरु नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल पुलिस लगायत अन्य फुटबल क्लवले संचालन गरेका एकेडेमीमा पुग्नेछन् ।
यी हुन् कचनकवलका ७ वटा वडाबाट छनौट भएका गाउँपालिका स्तरीय २६ जना खेलाडीहरु :
१.राजेश शाह ( कचनकवल-६)
२.अभिषेक गुरुङ (कचनकवल-२)
३.मिक्सन थेवे (कचनकवल-७)
४.समीर चम्लागाई (कचनकवल-६)
५.प्रशान्त लिम्बू (कचनकवल-७)
६.करण लिम्बू (कचनकवल-७)
७.कुमार गुरुङ (कचनकवल-२)
८.विवेक सुब्बा (कचनकवल-३)
९.निशान्त कटुवाल (कचनकवल-६)
१०.पेमा तामाङ (कचनकवल-१)
११.सुगम राई (कचनकवल-६)
१२.सँगित तामाङ (कचनकवल-६)
१३.अजित राई (कचनकवल-७)
१४.निपोन लिम्बू (कचनकवल-७)
१५.सुमन राई (कचनकवल-३)
१६.गोबिन्द लिम्बू (कचनकवल-३)
१७.जोयस थापा (कचनकवल-२)
१८.आयुष अधिकारी (कचनकवल-६)
१९.अभिनास राजवँशी (कचनकवल-७)
२०.निशान्त शिवा (कचनकवल-३)
२१.करुण लिम्बू (कचनकवल-३)
२२.सुजन दाहाल (कचनकवल-७)
२३.सुशन लिम्बू (कचनकवल-२)
२४.मौसम राई (कचनकवल-६)
२५.तपस लिम्बू (कचनकवल-७)
२६.सुदिप राई (कचनकवल-६)