झापा । कम्युनिस्ट सरकारका प्रधानमन्त्रीहरु पनि अचम्मका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालमा ६९ औं जन्मदिन धुमधामका साथ मनाउँदा हेलिकप्टर मार्फत केक ल्याईएको गतिविधिले भने विवादित बन्न पुगेको थियोे भने वर्तमानका कम्युनिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु चढेको हेलिकोप्टरबाट जाजरकोट भुकम्पका घाइतेलाई सुर्खेत ल्याएको भिडियोले वाहीवाही कमाएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परी घाइते भएका मध्ये ७ जनालाई सुर्खेत ल्याईएको थियोे । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उनीहरूलाई जाजरकोटबाट सुर्खेत ल्याईएको थियोे । भुकम्प गएपछि एकाबिहानै अत्यावश्यक मेडिकल सामाग्री सहित प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको उपचार तथा पीडितहरूको व्यवस्थापन गर्न निर्देशन दिइसकेका थिए ।
आफ्नो ६९ औ जन्मदिन मनाउन हेलिकप्टर मार्फत केक ल्याईएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियोे । कतिपयले उक्त भिडियो शेयर गर्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका थिए । जाजरकोट भुकम्पका घाइतेलाई भने पुष्पकमल दाहाल प्रचण्डले आफू चढेको हेलिकप्टरबाट उद्धार गरेको भिडियो भाईरल बनेको छ ।