आखिर प्रचण्डले पनि भुकम्प पिडितलाई भेला गरेर दुई हात मिलाउँदै एउटा राम्रो क्यामेराले फोटो खिचेर स्टन लिन सक्थे तर उनले एउटा जनप्रतिनिधि र अभिभावकको हैसियतमा प्रत्येक पिडितलाई पचास हजार दिने घोषणा गरे बिडम्बना सोसल मिडियामा रु ४०० को तृपालको चर्चा भयो।
ब्यवस्था र बिकास दिगो हुनका निमित्त त्यसदेशका जनताको चेतनास्तरमा पनि भर पर्ने गर्दछ। त्यहाँको युवा शक्ति , संचार , राज्य, शिक्षा प्रणाली र समग्र जनताको चेतनाको बिकास एकातिर र राज्यको ब्यवस्था एकातिर हुनु कुकुरलाई घिउ भनेजस्तो देखियो।
अत: यसैको फलस्वरूप नेपाली जनताको चेतनास्तर अनुसार यहाँ आजकल भुस बिक्छ चामल बिक्दैन। किनकी उनिहरुले चामलको गुणस्तरीय फाइदा र आवश्यकता बुजिनसकेको अवस्था हो पपुलारिटी बिक्छ,रियालिटी बिक्दैन। भिड बिक्छ,सिस्टम बिक्दैन। यो सबै कुरा चेतनाले फरक पर्छ।
दोश्रो कुरा यस्तो किन भयो त ? खोजी गरौ। नेपाली समाज २४० बर्स सम्म सामाजिक आर्थिक ,राजनैतिक विभिन्न कारणले स्वतन्त्र रहन सकेन,यहाँ भित्र कैयौँ प्रकारका विभेद र बिभाजनको दासता थुपारिदै तत्कालीन सामन्तबादले नेपाली समाजलाइ बन्धक बनायो, जस्को बिष्फोटन स्वरुप जनयुद्धले ती सबै उत्पीडन बिभेदहरुको जन्जिर खोलिदिएर नेपाली समाजलाई मुक्त गरिदियो। जसरी एउटा जनवारहरुलाई लामो समय बन्धक बनाएर उसलाई खोरबाट छोडिन्छ भने अवश्य नै बाहिर स्वतन्त्रतामा उ निकैबेर दौडिन्छ । त्यसरिनै सामन्तवादको चङ्गुलबाट मुक्त समाज अहिले दौडिएको हो । स्वतन्त्रताको मज्जामा दौडिदा भद्रगोल जस्तो देखिएको पनि हो।
तेश्रो कुरा जनयुद्ध र त्यसले बाढेका कैयौँ सपनाहरु जनताले पुर्णरुपमा प्राप्त नगर्दा यसबाट निक्लने विभिन्न किसिमका रुष्टता हरु पनि पक्कै सामेल भनेछन् यो भद्रगोल भित्र ती कुरालाई शासक बर्गले भुल्नु हुन्न। भलै केही कुराहरु पुराहुने क्रममैछन् तर नेपाली जनताले वा भनौँ विश्व इतिहास हेर्ने हो भने परिवर्तन पश्चात् जनताले “पर्ख र हेर” को नीति लिएको कहिँ देखिदैन।जनतालाई तत्काल परिवर्तनको मुनाफा चाहिने हुन्छ।तर यहाँ त्यो मुनाफा पुर्णरुपमा वितरण गर्न नसक्दा यो भद्रगोलमा विभिन्न स्वार्थ हरुको टुडिखेल बन्न पुगेको यथार्थ हो।
अन्त्यमा लेखकले कलम चलाउनै पर्छ, सत्यता बताउनै पर्छ, हामी आफ्नो चेतनाको असर ब्यवस्था माथी पारेर पुन जंगली युग तिर होईन यहि ब्यवस्थाको बिकल्प रहन्न । गणतन्त्रको बिकल्पमा अर्को उत्तम बिकल्प भनेको समाजबाद मात्र हो। ढुङ्गे युगतिर हामी नफर्कौ बरु गल्तिहरु सुधार्दै उन्नत जनताको ब्यवस्था निर्माणमा जुट्नु बाहेक अर्को विकल्प छैन।
लेखक लामो समयदेखि समाजसेवा र समकालीन बिषयबस्तुमा कलम चलाउनुहुन्छ।