झापा । कचनकवल गाउँपालिका-२, सुकुनडिगीस्थित श्री लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार परीक्षामा सहभागी मध्ये ३३ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्।
विद्यालयको नतिजामा सरस्वती राजवंशीले ३.७४ GPA प्राप्त गर्दै विद्यालय प्रथम बनेकी छन्। त्यस्तै गायत्री राजवंशीले ३.७१ GPA सहित दोस्रो तथा पूजा कुमारी गणेशले ३.६५ GPA सहित तेस्रो स्थान हासिल गरेकी छन्।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीमध्ये भीष्मा सुवेदीले ३.५९ GPA, मो. शाहनाबाज आलमले ३.३५ GPA, सरिता राजवंशीले ३.३३ GPA र लक्ष्मी कुमारी गणेशले ३.३२ GPA प्राप्त गरेका छन्।
विद्यालयले नतिजा सार्वजनिक गर्दै उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेको छ। विद्यालय प्रशासनका अनुसार विद्यार्थी, अभिभावक र शिक्षकहरूको संयुक्त प्रयास तथा निरन्तर शैक्षिक अनुशासनकै परिणामस्वरूप यस वर्ष सन्तोषजनक उपलब्धि हासिल भएको हो।
शिक्षामा गुणस्तर, अनुशासन र निरन्तर परिश्रमको संयोजनले सामुदायिक विद्यालयहरू पनि उत्कृष्ट नतिजा दिन सक्षम छन् भन्ने उदाहरण श्री लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयले पुनः स्थापित गरेको छ।



















