झापा । जीवन बीमा क्षेत्रमा निरन्तर उदाउँदै गएको नाम हो – बाबुराम अधिकारी। झापा, भद्रपुरबाट आफ्नो बीमा यात्राको थालनी गरेका अधिकारी आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नेपाल टप अभिकर्ता बन्न सफल भएका छन्। एक दशकभन्दा कम अवधिमा करोडौंको बीमा कारोबार गरी हजारौं नेपालीको जीवनमा सुरक्षाको ढोका खोलिदिएका अधिकारी अहिले भरोसा र विश्वासको पर्याय बन्दै गएका छन्।


पाँच वर्षअघि रिलायबल नेपाल लाइफसँग आबद्ध भएका अधिकारीले व्यक्तिगत तथा टिम कोडमार्फत उल्लेखनीय व्यवसाय गर्दै कम्पनीमा उत्कृष्ट योगदान दिएका छन्। आफ्नै मेहनत, अनुशासन, लगनशीलता र ग्रामीण भेग केन्द्रित रणनीतिका कारण उनी रिलायबल मेगा स्टार क्लबमा समेत चयन भएका छन्।
यो साल रिलायबल नेपाल लाइफको उपलब्धि त्यत्तिमा मात्र सीमित छैन। कम्पनीमा महिला अभिकर्ताहरुको पनि उत्कृष्ट उपस्थिति देखिएको छ। लमजुङकी गायत्री सेढाई र थानकोटकी गिता नेपालले क्रमशः दोस्रो र तृतीय स्थान हासिल गर्दै महिला बर्चस्वको नया उदाहरण प्रस्तुत गरेका छन्।
एशियन, तत्कालिन प्राइम र सन नेपाल हुँदै रिलायबल नेपाल लाइफसम्मको यात्रा तय गरेका अधिकारीले भनेका छन्,
"देशका गाउँ-गाउँमा जीवन बीमाको पहुँच पुर्याउनु हाम्रो कर्तव्य हो। सफलता चाहिने हो भने इमान्दारी, लगनशीलता र सहनशीलता अत्यावश्यक हुन्छ।"
पाँचपटक एमडीआरटी (Million Dollar Round Table) बनिसकेका अधिकारीले छोटो समयमै २०२६ का लागि पनि रिलायबल नेपाल लाइफमा पहिलो एमडीआरटी बन्ने सफलता प्राप्त गरेका छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई केवल व्यवसायिक अवसर मात्र दिएको छैन, तालिम, स्कीम, मोटिभेसन कार्यक्रम, पुनर्ताजगी तथा सशक्त प्रशिक्षण प्रणालीमार्फत उनीहरूलाई प्रोत्साहन गर्दै आइरहेको छ। यही कारणले गर्दा कम्पनीका अभिकर्ताहरु राष्ट्रका कुनाकाप्चामा जीवन बीमाको सन्देश फैलाउँदै हजारौं परिवारको भविष्य सुरक्षित गर्दैछन्।
अधिकारीजस्ता प्रेरक व्यक्तित्वलाई आधार बनाउँदै रिलायबल नेपाल लाइफ अब एक बिमा कम्पनी मात्र होइन - देशभरिका नागरिकको भरोसा र भविष्यको ग्यारेन्टी बन्दै गएको छ।