बनियानी । NIC Asia बैंक कचनकवल शाखाबाट “सर्वश्रेष्ठ कचनकवल (स्थानीय) बचत खाता” सञ्चालन गरेकी कचनकवल गाउँपालिका वडा नं. २, सुकुनाडिगी निवासी श्रीमती कमला देवी चौहानलाई घातक रोग (क्यान्सर) बीमा वापत दश लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ।

शाखा कार्यालय परिसरमै आयोजित एक विशेष कार्यक्रमका बीच NIC Asia बैंकको कोशी प्रदेश क्षेत्रीय प्रमुख डेनराज सुब्बा र चन्द्रगडी शाखाका शाखा प्रवन्धक प्रविण खड्काले संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गर्नुभएको हो। बिरामी कमला देवी चौहानलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित बीमा रकम प्रदान गरिएको कार्यक्रममा कचनकवल शाखाका प्रवन्धक सुरेन्द्र गिरीले जानकारी दिनुभयो।

कमला देवी चौहानले संचालन गर्नुभएको “सर्वश्रेष्ठ कचनकवल (स्थानीय) बचत खाता” अन्तर्गत बैंकको नीति अनुसार खातावालासहित परिवारका अन्य तीन जनालाई समेत घातक रोग बीमा, दुर्घटना बीमा तथा औषधि उपचार बीमा सुविधा प्रदान गरिन्छ। सोही बीमा योजनाअन्तर्गत श्रीमती चौहानले दश लाख रुपैयाँ बीमा सुविधा प्राप्त गर्नुभएको हो।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालनमा ल्याइएको यो बीमा सुविधा ग्रामीण भेगका सर्वसाधारणको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण साबित हुने विश्वास बैंकले लिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बैंक कर्मचारी तथा लाभग्राही परिवारजनको उपस्थिति रहेको थियो।