कचनकवल, झापा । कचनकवल गाउँपालिका स्वास्थ्य शाखामा विगत ६ वर्षदेखि निरन्तर रूपमा सेवा दिँदै आएका जनस्वास्थ्य निरीक्षक श्री महेश चन्द्र नेपालले जनस्वास्थ्य विषयमा स्नातकोत्तर (Postgraduate) अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएको छ। छात्रवृत्तिमा अध्ययन गर्न पाइने दुर्लभ अवसर प्राप्त गर्नुभएका नेपाललाई गाउँपालिकाको तर्फबाट बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।

स्वास्थ्य शाखामा कार्यरत रहँदा नेपालले आफ्नो बुद्धि, विवेक, सीप र इमानदारिताका साथ कर्तव्य पालन गर्नुका साथै, निजी स्वार्थभन्दा माथि उठी सेवामुखी भावना बोकेर कार्य कुशलता प्रदर्शन गर्दै उदाहरणीय भूमिका निर्वाह गर्नुभएको थियो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवको तर्फबाट प्रकाशित शुभकामना सन्देशमा भनिएको छ,

"आफ्नो पेशागत जिम्मेवारीसँगै अध्ययनलाई निरन्तरता दिँदै आएको तपाईँको अथक परिश्रम र लगनशीलताको फलस्वरूप आज यो स्वर्ण अवसर प्राप्त भएको छ। स्वास्थ्य सेवामा योगदान पुर्‍याउँदै आगामी दिनमा अझ ऊर्जा, ज्ञान र पदोन्नतिको साथ फर्किने विश्वास लिएको छौं। तपाईँको सफलता हाम्रो प्रेरणा हो।"

जनस्वास्थ्य क्षेत्रमा व्यावसायिक कार्यक्षमताको उच्च मूल्याङ्कन गर्दै गाउँपालिकाले नेपाललाई कोटि–कोटि धन्यवाद ज्ञापन गरेको छ।

कचनकवल गाउँपालिकाको स्वास्थ्य शाखामा उहाँको समर्पण, जिम्मेवारीप्रतिको निष्ठा र निरन्तर शैक्षिक उन्नतिले भावी सेवामा अझ सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

हामी पनि यस ऐतिहासिक अवसरमा श्री नेपाललाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।